शिक्षण पेसा संसारका उत्कृष्टम पेसाहरुमध्ये एक हो । यसका फाइदाहरु केके छन् र शिक्षक भएर हामीले के पाउँछौँ भन्ने कुरा एक शब्दमा व्यक्त गर्न सकिँदैन । अपवाद र विकल्प नै नहुने पेसाहरु त कुनै पनि हुँदैनन्, तर शिक्षण पेसाका थोरै मात्र अपवाद छन्, जसका कारण हामीले योे पेसालाई उत्कृष्ट मान्न सक्छौँ ।
मानिस सधैँ रूपैयाँपैसाले रमाउन सक्दैन । ‘धनसम्पत्ति र रूपैयाँ पैसा नै सबैथोक हो, त्यसैले जुन काम गर्र्दा त्यसलाई आर्जन गर्न सकिन्छ त्यही पेसा गर्नुपर्दछ’ भनेर लागेका मानिस पनि अन्तिममा आत्मसम्मान कमाउन, प्रतिष्ठा र इज्जत प्राप्त गर्न त्यही जीवनभरि दौडधूप गरी कमाएको पैसा खर्च गर्दछन् । शिक्षकहरुले विद्यार्थीहरु पढाएर पैसा त तुलनात्मकरुपले कम कमाउलान्, तर सँगसँगै त्योभन्दा धेरै इज्जत, प्रतिष्ठा र सम्मान कमाइरहेका हुन्छन् । मानिसलाई अन्तिममा चाहिने भनेको सम्मान नै हो, प्रतिष्ठा र इज्जत नै हो ।साठी, पैँसठ््ठी वर्षसम्म अनेक जालझेल, प्रपञ्च र छलकपट गरेर पैसा कमाएका मानिस त्यसो गरेर पैसा कमाउन छोेडेपछि प्रतिष्ठाहीन हुन पुग्दछन् । कसैैले नमस्कार गर्दैन, कसैले सम्मान गर्दैन । कतिले त अझ धारे हात लगाउलान् । त्यसपछि जीवनभरि अनेक उपाय गरी कमाएको त्यही पैसा दान गरेर हुन्छ कि, खर्च गरेर हुन्छ कि अथवा धर्मकर्मका वा सामाजिक काममा लगाएर हुन्छ, सबैको वाहवाही, मानसम्मान र धन्यवाद प्राप्त गर्नतिर लाग्दछन् ।
शिक्षकलाई त्यसो गर्नुपर्दैन । उसले पढाउन सुरू गरेका दिनदेखि नै नमस्कार पाउन सुरू गर्दछ, पढाइरहँदा पनि नमस्कार पाउँछ र पढाउन छोडेपछि पनि बाँच्दाका दिनसम्म नमस्कार, इज्जत र प्रतिष्ठा प्राप्त गर्दछ । यो संसारका अन्य कुनै पनि पेसाका मानिसले प्राप्त गर्दैैनन् । तसर्थ, सबैले गर्ने इज्जत, प्रतिष्ठा र सम्मान शिक्षक र शिक्षण पेसाको सबैभन्दा मह¤वपूर्ण पक्ष हो । यसबाहेक शिक्षण पेसाका फाइदा, अवसर वा भनौँ सौन्दर्यहरु केके छन् त ? आउनुस्, तिनका बारेमा चर्चा गरौँ ।
१. भविष्य निर्माणको अवसर
शिक्षकलाई त्यस्तो दुर्लभ अवसर प्राप्त छ, जसले गर्दा उसले साना–साना बालबालिकामार्पmत समाज र राष्ट्रको भविष्य निर्माण गर्न सक्दछ । कुनै पनि देशका बालबालिका त्यस देशका भविष्य हुन् । भोलिको देश भनेको आजका बालबालिकाभित्र जे छ त्यही संस्कार, सभ्यता र शक्ति हो । आज शिक्षकले विद्यार्थीलाई दिने विषय, सभ्यता र संस्कारले भोलिका सयौँ वर्षहरु निर्धारित हुने गर्दछन् । भोलिका सयौँ वर्षहरु बित्ने गर्दछन् । भोलिको समय आजका केटाकेटीमा छ, तर तिनको भविष्य आजका शिक्षकहरुमा छ । अर्थात्, भोलिको समय आजका शिक्षकको हातमा छ ।
यो चानचुने अवसर होइन । यो एउटा जागिरेले गर्न सक्दैन । जागिरे भनेको त समय कटाउने मान्छे हो । ऊ एकदम सङ्कुचित हुन्छ, सङ्कीर्ण हुन्छ । उसलाई त केवल तोकिएको काम गर्नुछ र समय पुगेपछि निस्कनुछ । तर, शिक्षकले त्यसो गर्न पाउँदैन र सक्दैन, किनकि ऊ सबै समय सक्रिय रहनुपर्ने हुन्छ । जागिरेका छोराछोरी पनि सीमित हुन्छन्, घर पनि सीमित हुन्छ । गर्नुपर्ने कर्तव्य र सुविधाहरु पनि सीमित हुन्छन् । तर, जो जागिरभन्दा माथि हुन्छ ऊ सबैभन्दा माथि हुन्छ । शिक्षकले सबै बालबालिकालाई आफ्नै छोराछोरी देख्नुपर्छ, रातको समयमा पनि उठेर कुनै काम गर्नुपर्ने हुन्छ । घरमा आउँदा पनि विद्यालयका गतिविधि र क्रियाकलापको स्मरण गर्नुपर्ने हुन्छ ।
उसले पढाउने विषयले एउटा मान्छे कस्तो बन्ने भन्ने कुरा निश्चित गर्दछ । भोलिको उसको भविष्य, उसले गर्ने काम, उसको सोच, उसले बनाउने संस्कार र सीपका लागि शिक्षकले सोच्नुपर्दछ । त्यसैले, यो जागिरभन्दा माथिको कुरा हो । यसोभएर नै शिक्षण पेसा जागिर मात्र होइन, त्योभन्दा माथिको पेसा हो भनेर भनिएको हो । यसरी हेर्दा एउटा शिक्षकले कति मह¤वपूर्ण, गम्भीर र संवेदनशील जिम्मेवारी निर्वाह गर्नुपर्ने रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
शिक्षकले निर्वाह गर्नुपर्ने जिम्मेवारी सजिलो त छैन, तर यो ज्यादै ठूलो अवसर हो । भोलिको राष्ट्रको सैद्धान्तिक, वैचारिक वा भनौँ संस्कारगत भविष्यको नेतृत्व गर्न पाउने कुरा सानो कुरा होइन । शिक्षकले पढाएका बालबालिका नीतिनिर्माणदेखि लिएर तिनलाई कार्यान्वयन गर्ने तहसम्म पुगेर तिनले सिकाएअनुसार नै काम गर्ने गर्दछन् । राज्यका हरेक कामहरुमा शिक्षक, तिनका निर्देशन र सोेचहरु नै प्रतिबिम्बित हुने गर्दछन् । तसर्थ, शिक्षक भएर हामीले राष्ट्रको भविष्य निर्माण गर्न सक्दछौँ, बालबालिकाहरुमा आफ्ना विचार, चिन्तन र आकाङ्क्षाहरुलाई प्रत्यायोजित गर्न सक्दछौँ ।
२. ज्ञान अद्यावधिकताको अवसर
संसारमा ज्ञानभन्दा ठूलो अर्को कुनै शक्ति छैन, तर त्यो ज्ञान गतिशील हुन्छ । हरेक पल हरेक क्षण विभिन्न परिवर्तनहरु भएका हुन्छन्, अनेकतिर । ती सबै परिवर्तनहरुलाई थाहा पाउनु, बुझ्नु, जान्नु नै ज्ञान हो । त्यो ज्ञान अध्ययन, चिन्तन, मनन र अभ्यास नगरी सम्भव हुँदैन ।
बालबालिका सधैँ एउटै र उस्तै जानकारीले सन्तुष्ट हुँदैनन् । समय सुहाउँदो ज्ञानका लागि उनीहरुले शिक्षककै मुख ताक्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षकले निरन्तर सिकिरहनुपर्ने, जानिरहनुपर्ने र पढिरहनुपर्ने हुन्छ । यसो गर्दा मात्रै विद्यार्थीले नयाँ–नयाँ ज्ञान र जानकारी पाउँछन् भने शिक्षक पनि दुरूस्त र ज्ञानमा चुस्त हुने अवसर प्राप्त गर्दछन् । यसैलाई ज्ञानको अद्यावधिकता भनेर भनिन्छ । अन्य पेसाका मानिसले पनि नयाँ–नयाँ कुरा जाने त हुने हो तर जान्दैनन्, किनकि तिनलाई पढाउनु छैन, उनीहरुको प्राथमिकताभित्र पनि परेन, शिक्षकलाई जस्तो आवश्यक पनि छैन । शिक्षकलाई त पढाउनुछ, त्यसका लागि उसले पढ्नु नै पर्छ । यसो गर्दा उसको ज्ञान चुस्त, दुरूस्त र अद्यावधिक भइरहन पाउँछ ।
जुन शिक्षक अद्यावधिक हुन्छ, पछिल्लो जानकारीले पूर्ण हुन्छ उसलाई शिक्षणमा कुनै समस्या हुँदैन । सबैले यस्ता शिक्षकको प्रशंसा गर्दछन् भने शिक्षकले पनि उत्साही हुँदै शिक्षणकार्यलाई अघि बढाउने अवसर प्राप्त गर्दछन् । ज्ञानमा सधैँ अपडेट भइरहन पाउनु शिक्षण पेसाको अर्को शक्ति हो ।
३. विशाल समुदायसित सम्बन्ध
शिक्षक भएर हामीले प्राप्त गर्ने अर्को कुरा भनेको विशाल समुदायसित सम्बन्धको अवसर हो । एउटा शिक्षक जीवनभर काम गर्दा हजारौँ विद्यार्थी, हजारौँ अभिभावक, सयौँ शिक्षक सहकर्मी, कर्मचारी, शिक्षासम्बन्धी व्यक्ति, संस्था र सयौँ अन्य मानिससित जोडिन पुग्छ । ती सबैसित उसको सम्बन्ध विकास हुन्छ । यो सम्बन्ध सानो अवसर होइन । अन्य पेसाका मानिसले यस्तो सम्बन्ध कहाँ पाउनु !
यो सम्बन्धले जीवनका अनेक मोडमा हामीलाई साथ दिन्छ, सहयोग गर्दछ र उत्प्रेरणा प्रदान गर्दछ । भोलि शिक्षण पेसा सकेर बस्दा यही सम्बन्धका आधारमा हामीले राज्यका अन्य निकायमा बसेर थप भूमिका निर्वाह पनि गर्ने समय आउँछ । कति शिक्षकहरु सेवानिवृत्त भएपछि पनि राजनीतिमा, सामाजिक कार्यमा वा अन्य यस्तै सर्वहितकारी काममा संलग्न भएका उदाहरण छन् । हाम्रो देशका धेरै निकायमा शिक्षकहरुले नेतृत्व गरेका उदाहरण छन् । शिक्षण गर्दा जुन विशाल समुदाय र मानिसहरुसित हाम्रो सम्बन्ध र सम्पर्क हुन्छ त्यसका कारण नै यो सम्भव हुने हो ।सम्बन्ध पनि चानचुने होइन, इज्जत र सम्मानसहितको सम्बन्ध । जुन समुदायसित शिक्षक जोडिन्छ त्यो समुदायका प्रायः मानिसले शिक्षकलाई सम्मान र आदरभावले हेरेका हुन्छन् । सेवापछि अन्य सामाजिक नेतृत्वको अवसर आउँदा प्रायः सम्मानित र लब्धप्रतिष्ठ व्यक्तिको खाँचो पर्ने र त्यसका लागि शिक्षकभन्दा लायक अरु नदेखिने हुँदा पनि ती अवसरहरु प्राप्त हुने हुन् । तसर्थ, शिक्षक हुँदा विशाल समुदायसित अन्तरक्रिया गर्न पाइन्छ, सम्बन्ध गाँस्न पाइन्छ र अवसर पाइन्छ ।
४. रूचि विनिमयको अवसर
शिक्षक भएर शिक्षण गरिरहँदा हामीले हाम्रा रूचिहरुको समेत विनिमय गरिरहेका हुन्छौँ । हामी कस्ता छौँ, हाम्रो सोच कस्तो छ, हामी के चाहन्छौँ, समाज कस्तो हुनुपर्दछ, विद्यार्थी कस्तो हुनुपर्दछ भन्ने कुरा हाम्रा बालबालिकालाई थाहा हुन्छ । हाम्रा विचार र सोचलाई ठूला मानिसले मान्दैनन्, टेर्दैनन्, अथवा कम मूल्य दिन्छन्, जति साना बालिबालिकाले टेर्छन्, अथवा मूल्य दिन्छन् । साना–साना बालबालिकामार्पmत हामीले हाम्रा रूचि र चाहनाहरुलाई पनि हस्तान्तरण गरिरहेका हुन्छौँ, विनिमय गरिरहेका हुन्छौँ ।
त्यतिमात्रै होइन, हामीले पढाउने सयौँ बालबालिकाका रूचि, इच्छा, चाहना र मनोभावना बुझ्ने अवसर पनि हामीलाई प्राप्त हुन्छ । यो अवसर पनि अन्य पेसाका मानिसलाई राम्रोसित प्राप्त हुँदैन । बालबालिकाका रूचिबोध गरेपछि नै हामीले बालसमाजका रूचि र बालमनोविज्ञानको ज्ञानसमेत प्राप्त गर्न सक्छौँ ।
५. आदर्श निर्माणको अभियान
यदि हाम्रो समाजमा आजका दिन आदर्श भन्ने नामको केही चीज बाँकी छ भने अलिकति विद्यालयमा छ, शिक्षा र शिक्षणसित सम्बद्ध पेसाका मानिससितमात्रै छ भन्दा केही फरक नपर्ला । समाज भन्नु नै आदर्शको नाम हो र मानिस भन्नु पनि आदर्श नै हो । ‘समाजमा मिलेर बस्नुपर्छ, सहयोगी बन्नुपर्छ, दुःखमा साथ दिनुपर्छ, अन्याय गर्नुहुुँदैन, अनैतिक बन्न हुँदैन’ भन्ने चिन्तनलाई नै आदर्श भनेर भनिन्छ । यदि कुनै पनि मानिसले यी कुराहरुमा ध्यान दिँदैन भने मानिसको समाजको के अर्थ हुन्छ र ? यसलाई बचाउनुपर्छ कि पर्दैन ?
अन्य पेसाका मानिसका तुलनामा विद्यालयमा आदर्श सुरक्षित हुन्छ, शिक्षकहरुमा त्यो आदर्श सुरक्षित हुन्छ । विद्यालयमा पढाउनु भनेको आदर्श सिकाउनु हो । आदर्श सिकाउनु भनेको सामाजिक बनाउनु हो, बालबालिकालाई मानवीय बनाउनु हो र परोपकारी बनाउनु हो । विद्यालयमा अन्तजस्तो भ्रष्टाचार गर्ने सम्भावना पनि कम हुन्छ । यद्यपि कक्षामा ढिलो जाने, छिटो निस्कने, गृहकार्य समयमै नजाँच्ने, विद्यालयमा सुर्ती, चुरोट, खैनी खाने, कक्षाकोठामा गएर सुत्ने, अनावश्यक गफ गर्ने यी कार्य पनि भ्रष्टाचारअन्तर्गत नै पर्दछन्् । यदि कुनै शिक्षक यस्तै प्रवृत्तिको छ भने उसको आचार भ्रष्ट छ भन्ने प्रमाणित हुन्छ ।
तर, सबै शिक्षक यस्ता हुँदैनन् र छैनन् पनि । यदाकदा भई नै हाले भने पनि अन्य पेसामा हुने भ्रष्टाचार, राज्यका स्रोतको दोहन आदिका तुलनामा यी काम त्यति भयानक होइनन् । विद्यालयमा आर्थिक भ्रष्टाचार हुने सम्भावना भयो भने पनि प्रधानाचार्यका तहमा अथवा अध्यक्ष वा निर्देशकका तहमा हुन्छ । शिक्षकका तहमा त्यस्तो लगभग हुँदैन । शिक्षक आपैmँ नैतिकता र आदर्श सिकाउने प्राणी भएकाले सकेसम्म ऊ अनैतिक हुनतिर लाग्दैन, आदर्श बचाउन खोज्छ र सम्मानित हुन चाहन्छ । भनेका कुरा गरेर पनि देखाउनुुपर्छ भन्ने चिन्तन अरुमा भन्दा शिक्षकहरुमै धेरै हुन्छ । तसर्थ, शिक्षक हुनु भनेको नैतिक जीवन बाँच्नु, आदर्श बन्नु र आदर्श निर्माणको अभियानमा सहयोग गर्नु पनि हो ।

ConversionConversion EmoticonEmoticon