Loshar2076

Loshar2076
#Tamang culture

महिलामा गौण स्वप्न स्खलन



  • पुरुषको किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन आएझैं किशोरीहरुको पनि शारीरिक तथा मानसिक परिवर्तन हुनु स्वाभाविकै हो। किशोरावस्थामा महिलाको टाउकाको निधारमाथिका रौं रेखा सिधा हुन्छन्। किशोरावस्थामा प्रवेश गरेसँगै महिलामा यौनको विषयमा कौतुहलता हुनु स्वाभाविकै हो। आफ्नो यौनाङ्गको वृद्धि–विकासले किशोरी आफैँलाई लज्जित बनाउँछ। यस्तो अवस्थामा हार्मोनको उतारचढावका कारण व्यक्तिको बानीव्यवहारमा समेत परिवर्तन आउँछ।
किशोरावस्थाको संकेत
किशोरी अवस्था सुरु भएसँगै स्तनका आकार बढ्छन्। तर किशोरी अवस्थामा प्रवेश गरेका महिलाले स्तन ठूलो भएको देखाउन चाहँदैनन्। स्तन भुक्क उठ्दा लाज उत्पन्न हुन्छ। त्यसैले टाइट किसिमको कपडा लगाएर स्तन सकेसम्म लुकाउन चाहन्छन्। किशोरावस्थामा प्रवेश गरेका महिलाको उचाइ एक्कासि केही सेन्टिमिटर बढ्छ भने तौल पनि बढ्छ। जसले किशोरीको रजश्वला हुने समयको संकेत गर्छ। किशोरावस्थामा प्रवेश गरेसँगै महिलाको योनिको वरिपरी रौं पलाउने, योनिको आकार ठूलो हुनेजस्ता प्रक्रिया चलिरहन्छन्।
किशोरावस्थामा प्रवेश गरेसँगै पुरुषमा पुरुषजन्य हार्मोन र महिलामा महिलाजन्य हार्मोनको निष्कासनमा वृद्धि हुन्छ। यस्ता हार्मोनको सक्रियताका कारण किशोर–किशोरीमा बढी चुलबुलपन हुनु स्वाभाविकै हो। शारीरिक वृद्धि–विकाससँगै यौनाङ्गको पनि वृद्धि–विकास हुने भएकाले यौन उत्तेजना आउनु स्वाभाविकै हो। यस्तो अवस्थामा पुरुषको मात्रै हैन महिलाको पनि रात्रि स्खलन हुन्छ, जसलाई स्वप्न स्खलन भनिन्छ।
अनुत्पादक प्रेम
शारीरिक तथा मानसिक विकास हुँदै जाँदा किशोरीको पनि विपरीत लिंगी पुरुष यौनजोडीप्रति आकर्षण बढ्न थाल्छ। किशोरावस्थामा यौन जोडीबीचको प्रेमभाव बढ्दै जान्छ। प्राकृतिक नियमकैै कारण यौन जोडीबीचमा भावनात्मकता त बढ्छ तर व्यावहारिक जीवनमा भने कलिलै उमेरमा गरेको यौनाकर्षण–प्रेम अनुत्पादक हुन सक्छ। यस्तो अवस्थामा यौन आकर्षण तथा यौन तृप्ति मेट्नका लागि यौन जोडी तयार हुन सक्छन्। जसले कानुनी तथा व्यावहारिक झमेलामा फस्ने जोखिम त्यत्तिकै हुन्छ। अल्लारे यौन जोडीले  व्यावहारिकतालाई भन्दा तत्कालीनरूपमा यौन तृप्ति मेट्ने उपाय खोज्दा समस्या उत्पन्न हुन्छ। यौन भावका कारण व्यक्तिमा स्वप्न स्खलन हुन्छ। जुन महिलाको हकमा पनि लागू हुन्छ।
महिलाको गौण स्वप्न स्खलन
किशोरावस्थामा प्रवेश गरेका महिलामा पनि रात्रि स्खलन हुनु स्वाभाविकै हो। तर महिलाको स्खलनलाई गौणरुपमा लिइन्छ। यौन क्रियाकलापको विचार तथा घटनालाई सपनामा देख्दा महिलामा स्वप्न स्खलन हुन सक्छ। महिलामा स्वप्न स्खलन भएको अवस्थामा योनिबाट रसादी निस्किएर आफूले लगाएको तथा ओडेको–ओछ्याएको कपडामा दाग लाग्छ। महिलामा हुने यस्तो प्राकृतिक नियमलाई समस्याका रुपमा लिनु हुन्न। पुरुषको झैं महिलामा स्वप्नस्खलन हुनु स्वाभाविक र प्राकृतिक प्रक्रिया हो भन्ने कुरा बुझ्न आवश्यक छ।
स्वप्न स्खलन हुनुपूर्व मस्तिष्कमा यौनको विचार पैदा हुन्छ। यौन विचार पैदा भएपछि यौन तृप्ति मेट्नका लागि मस्तिष्कमा रहेको ‘हाइपोथालामस’ र ‘पिट्युटरी’ ग्रन्थी हुँदै डिम्बाशयबाट निष्कासन हुने महिलाजन्य हार्मोनको भूमिका हुन्छ। ‘फोलिकल स्टिमुलेटिङ’, ‘ल्युटेनाइजिङ’, ‘स्ट्रोजेन’, ‘प्रोजेस्टेरोन’जस्ता हार्मोनले यौनाङ्गमा प्रभाव पारेका हुन्छन्। किशोरावस्था सुरु भएसँगै यी हार्मोनको सक्रियता बढ्नाले महिलामा यौन चाहना तथा यौन उत्तेजना आउँछ। यौन तृप्ति मेट्ने चाहना हुनु स्वाभाविकै हो। हार्मोनका सक्रियतासँगै मस्तिष्कमा यौन विचार पैदा भई सपनामा पुरुष यौन जोडीसँग यौन क्रियाकलाप गरेको कल्पना गर्दा स्वप्न स्खलन हुन्छ।
कतिपय पुरुषलाई त महिलामा यस्तो स्खलन हुन्छ भन्ने जानकारी समेत हुँदैन। महिलालाई स्वप्न स्खलनको बारेमा आफ्ना अभिभावकले ज्ञान नदिँदा किशोरावस्थामा प्रवेश गरेका महिला स्वप्न स्खलनका कारण डराउने तथा मानसिक रुपमा तनाव लिने समस्यामा समेत फस्न सक्छन्। किशोरावस्थामा प्रवेश गरेका महिलालाई सपनामा स्खनल भई योनिबाट चिल्लो पदार्थ योनीबाहिर निस्किएर भिजिन्छ भन्ने कुरा उनीहरुको अनुभवले घटना र दृश्य घटनाको अनुभूति गर्न पाउने अवस्था छ।
तर डराउनुपर्ने तथा तनाव लिनुपर्ने आवश्यकता हुँदैन। महिलाको किशोरावस्थामा सुरु भएको स्वप्न स्खलन प्रौढ अवस्थासम्म हुन्छ। अन्तिम रजश्वला भइसकेपछि पनि महिलामा स्वप्नस्खलनको क्रिया तथा प्रतिक्रिया हुनु सामान्य हो।
पुरुषको जस्तै स्खलन
जसरी पुरुषलाई पुरुषको स्वप्नस्खलनको अनुभूति हुन्छ, त्यसैगरी महिलालाई स्वप्न स्खलन हुन्छ। स्वप्न स्खलनको समयमा पुरुषको तुलनामा महिला कम स्खलन हुन्छ। महिलामा यौनजन्य इच्छा, आकांक्षाका कारण यौनजोडीसँगको सहबासले प्रेरित भएर यौन आवश्यकताको सूचक हो, स्वप्न स्खलन।
यौन जोडीबीच लामो समयसम्म यौन क्रियाकलाप तथा यौन सम्पर्क नहुँदा स्वप्न स्खलन बढी हुन्छ। तर यौन स्वप्नको सम्बन्धलाई प्रमाणित गर्न भने कठिन छ। सवै व्यक्तिमा स्वप्न स्खलन नहुन सक्छ। त्यसैले महिलामा हुने स्वप्न स्खलनलाई स्वाभाविक तथा पाकृतिकरुपमा लिनुपर्छ। स्वप्न स्खलन भएको अवस्थामा डराउनु तथा आत्तिनु हुन्न। यो प्राकृतिक प्रक्रिया हो।
Previous
Next Post »