CommentsAdd Comment
Sam
२०७६ असार ६ गते १७:३३
The method with which we were taught twenty years was no different than today but the world has since changed unimaginably. To make it worse the course is more or less the same. Shouldnt the goverment provide trainings and opportunities of new teaching learnjng method for teachers? Who is responsible for this? The educational system is unchanged for decades and we are expecting our kids to compete in the world stage? How is this possible? This educational system (course/syllabus making, examinations, practicality of the course, etc) must be changed from the root if we are to look for our kids to compete in the world stage. Doing nothing and complaining about teachers that they dint do this and that is meaningless. Teachers are guide not not the policy makers. My question is where the hell are our policy makers and what the hell are they doing?
0 Comments
Likes
Dislikes
Report
हरिशर्मा६०
२०७६ जेठ २७ गते ८:०८
हाम्रा स्कूलमा केटाकेटीहरुलाइ घोक्न लगाइन्छ खास गरी निजी स्कूलहरुमा । यसको मुख्य दोषी सरकार नै हो । सरकारले बालबालिकाहरुलाइ कसरी सृजनशील बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनु पर्ने हो । तर उसलाइ यस प्रति कुनै चासो देखिन्न । निजी स्कूलले घोक्न जोड दिनुको कारण उनीहरुको व्यवसाय नै हो । घोकाए राम्रो अंक आउने भो । यसबाट उनीहरुको स्कूलको व्यापार चल्ने भो । मेरा केटा केटीहरुले सानो उमेर छँदा मसँग निकै प्रश्न गर्थे ठूलो भए पछि प्रश्न गर्न छाडि दिए । अहिले इन्टरनेटको युगमा ४।५ पढ्ने बच्चाहरुको प्रश्नको जवाफ दिन हामीलाइ मुस्किल पर्छ ।१०।१२ वर्षका बच्चाहरुले हामीसँग प्रश्न सोध्ने होइन कि उनीहरुलाइ अचम्म लागेको कुराबारे भन्न खोज्दा उनीहरुले जानेका जटिल कुराहरु बुझ्न हामीलाइ मुस्किल हुन थालेको छ ।
0 Comments
Likes
Dislikes
Report
Subash Pokharel
२०७६ जेठ १४ गते १३:३३
वारेन वर्गरको अ मोर व्युटिफुल कोईश्च्नबारे सानो टिप्पणी हिजो आजका बालबालिकाको अनुहारमा प्रश्नै प्रश्नहरु, जिज्ञासाहरु तथा कौतुहलताहरु यथेष्ठरुपमा देखिनु पर्ने हो । उनीहरुले आफ्ना प्रश्न तथा जिज्ञासाबाट आमा बुवा एवं गुरुआमा/बुबाहरुलाई हैरान पार्नु पर्ने हो । हामीले खाने चामल कसरी फल्छ, यसको बोट कस्तो हुन्छ ? हामी किन स्कुल जानु पर्छ ? ठुलो मान्छे भनेको के हो ? किन हामीलाई स्कुलमा गल्ती गरे पिटाई खानु पर्छ ? हामीलाई खेल्नु मन लाग्छ, तर दिनभरि कुर्सीमा बसेर सर मिसको कुरा किन सुन्नु पर्छ ? हामी हिंडने बाटो किन विगे्रको ? काठमाडौमा किन धुलै धुलो र धुवाँ छ ? मान्छे मर्नु भनेको के हो ? आदि यस्ता प्रश्नहरु गर्नु पर्ने हो बालबालिकाले । भनिन्छ, २ देखि ४ वर्षका बालबालिकाको मष्तिष्कमा करिब ४० देखि ६० हजार प्रश्नहरु खेलेको हुन्छन् । अपवाद बाहेक धेरैका आमाबुवा अथवा शिक्षकहरु बलबालिकाका यस्ता प्रश्नहरुलाई वास्ता गरेको देखिदैन । बालबालिकालाई सबै कुरा, चिज, बस्तु नयाँ लाग्दछ । त्यसैले ती सबै कुरामा जिज्ञासु भावले प्रश्न गर्दछन् । फलस्वरुप तर यो क्रम विस्तारै ठुलो हुने क्रममा कमि आउँदै जान्छ ( अ मोर व्युटिफुल कोईश्न, वारेन बर्गर ) । सुन्दर प्रश्नहरु आफै पनि समाधान हुन् भन्ने गरिन्छ । यदि प्रश्नलाई सहि दिशा प्रदान गर्न सकिएमा नयाँ श्रृजना, प्रविधि, आविष्कार, विचार, साहित्य तथा कला प्रष्फुटन हुन्छ भविष्यमा । मेरा पनि २ जना छोरा छोरी छन् । जब उनिहरु स्कुल जान्छन्, खासै उत्साहका साथ गएको पाएको थिईन । मेरो मनमा संधै खुल्दुली रहिराख्थ्यो । स्कुलमा ती साना नानीहरुका बालसुलभ कौतुहलतालाई दबाएर शिक्षकहरु औपचारिक अध्ययनमा एकोहोरो लगाईएको पाईयो । सायद अध्ययन/अध्यापन भन्ने पेशा यही नै रहेछ भनी चुप लागी बस्थें । घरमा पनि हामी बाबुआमा ती नानीहरुका अनगिन्ति प्रश्नहरुलाई गौण ठानी पन्छाईन्थ्यो । नानीहरुको मुहारमा धेरै निराशा एवं जाँगरविहिनता मात्रै देखिन्थ्यो । पछि वारेन वर्गरको अ मोर व्युटिफुल कोईश्च्न नामक पुस्तक अध्ययन गरेपछि मन हलुका भएको थियो । अब नानीहरुको सम्पुर्ण जिज्ञासाहरु जानेसम्म समाधान गर्नेछु नभए नानीहरुलाई जिज्ञासा समाधान गर्ने उपायहरु बताउने छु भन्ने मनमनै प्रतिबद्ध भएको छु । सायद भविष्यमा नेपालका गह्रौं प्रश्नहरुका समाधान यि नानीहरुले गर्ने पो छन् कि ? संसारका सबै समस्याहरुको समाधान तब सम्म हुँदैन जबसम्म सुन्दर तरिकाले प्रश्न गर्न सकिदैन । डा.गोविन्द केसिले सत्तालाई स्वास्थ्य क्षेत्रका समस्याबारे निर्भिक प्रश्न नगरेका भए देशको स्वास्थ्य सेवाको स्थिति कता जाँदै रहेछ हामी सर्वसाधारणलाई जानकारी हुने थिएन । सायद सामाजिक समस्या, आर्थिक समस्या, राजनैतिक समस्या, धार्मिक समस्या लगायत यावत समस्याहरुका उत्तरहरु यदि रचनात्मक एवं सुन्दर किसिमले नगरिएको भए अहिलेको अवस्थामा मानव सभ्यता आउने थिएन होला । वारेन वर्गरले आफ्नो पुस्तकमा प्रश्न गरेकै कारण केही व्यक्तिहरुले विश्व प्रसिद्ध प्रविधी एवं कम्पनि स्थापना गरेका केही उदाहरण प्रस्तुत गरेका छन् । ती प्रश्नहरु नजन्मिएको भए ती प्रविधीहरु सम्भव हुने थिएन । जस्तो एडविड लेण्डले हामी फोटोको लागि यति लामो समय किन कुर्नु पर्ने ? यस प्रश्नले पोलराईड कर्पोरेसनको जन्म गरायो । मार्टीन कुपरले हामी कसैसंग फोनमा कुरा गर्नु पर्दा निश्चित ठाउँमै किन बस्नु पर्ने भनी प्रश्न गरेकै कारण मोबाईल फोनको विकास गरे । त्यस्तै हामीले गह्रौं सुटकेस बोक्नै पर्ने भन्ने छ र ? भनी प्रश्न गर्दा रोर्बट प्लाथले गुडाउने लगेजको आविष्कार गरे । यस्तै उदाहरण पेश गरेर पुस्तकलाई रोचक बनाएका छन् । उक्त पुस्तक व्यावसायको क्षेत्रमा प्रयुक्त हुने किसिमले लेखिएपनि सबै क्षेत्रमा लागु हुने देखिन्छ । प्रश्न गर्ने कलाको विकास न्युन भएकाले होला हाम्रा युवाहरु नेपालका यावत सामाजिक, राजनैतिक, सांस्कृतिक समस्याहरुका अमुक तवरले साक्षी मात्र भएका छन । यी युवाहरु बच्चाबेलाबाटै शिक्षक एवं अभिभावकबाट आफ्ना जिज्ञासा एवं प्रश्न गर्ने स्वभावलाई दमित गर्न बाध्य भएका हुन सक्दछन् । जसको कारण उनीहरुमा कायर र भिरु स्वभाव देखिन्छ । यो अधिकाँश निजि एवं सरकारी विद्यालयका उत्पादनहरुमा लागु हुने देखिन्छ । अथवा उनिहरु प्रश्न गर्नै जान्दैनन् । सायद पुँजिवादी व्यवस्थाको लागि यस्तै अमुक र प्रश्न गर्न नसक्ने जनशक्ति उत्पादन गर्नु पर्ने भएकाले यो वृहत ग््रयाण्ड डिजाईन नै हो कि जस्तो पनि देखिन्छ । शिक्षकले विद्यार्थीलाई, कम्पनिका हाकिमले कर्मचारीलाई, नेताले कार्यकर्तालाई, ठुलाले सानालाई यसैगरि व्यक्तिको स्वभाविक जिज्ञासु भावलाई मार्नमा लागेको देखिन्छ । भनिन्छ प्रश्न गर्न सक्नेले मात्र समाधानको पहलमा रुची राख्दछन् । प्रश्नहरु बौद्धिकताको विकासको लागि ईन्जिन मानिन्छ । व्यक्तिमा व्यवस्थित सोच ल्याउन र अनिश्चितालाई चिर्न प्रश्न गर्नु नै पर्ने हुन्छ । प्रश्न गर्दा समस्या र अवसरको पहिचान हुन्छ । प्रचलित मुल्य मान्यताहरुलाई चुनौति दिन सकिन्छ । समाजको सोचलाई बदल्न सकिन्छ र पविर्तनको वाहक बन्छ । मलाई व्यक्तिगत रुपमा कता कता हामीकहाँ नौला र नयाँ श्रृजना, प्रविधि, विचार, दर्शन आदिको विकास नसक्नुमा यही प्रश्न गर्ने कलालाई मारिने संस्कृति त जिम्मेवार छैन भन्ने लाग्दैछ । जसको कारण समस्याबाट तर्किनु सहज मान्दछन् आजकालका युवा । विदेश पलायनमा पनि कतै यो पनि कारण हो कि भन्ने लाग्दछ । यसर्थ यो पुस्तक अध्ययन गरेपछि कलिला बालबालिका तथा युवालाई प्रश्न गर्न सक्ने हिम्मतको विकास गर्न सकिन्छ कि भन्ने ठान्दछु ।
1 Comments
Likes
Dislikes
Report
गणेश कुमार श्रेष्ठ
२०७६ जेठ १३ गते १३:२७
राष्ट्रिय शिक्षा नीति , पाठ्यक्रम र िशक्षण पध्दति तर्जुमा गर्दा नै यश तर्फ ध्यान दिईनु पर्छ ।एउटा शिक्षकले चाहेर मात्र परिवर्तन संभव छैन । अाफ्नाे वच्चा विद्यालयमा भर्ना गरेपछि अाफ्नाे दायित्व सकिएकाे महससगर्ने अभिभावक, विद््यालय भर्ना भएकाे १ महिनामा नै मेराे वच्चाले केही लेख्न पढन जानेन भनेर गुनासाेगर्ने अभिभावक,घाेकाएकै भरमा उच्च अंक ल्याएर पास हुने विद्यार्थिकाे सीप र क्षमता परीक्षण पध्दति ले प्रेात्साहन पाउन्जेल याे प्रवृतिमा परिवर्तन ल्याउन कठिन छ । लेखकले अाैंल्याउनु भएकाे कुरा सहिसत्य हाे भन्ने बुझ्दा बुझ्दै पनि वुझ्पचाउनु परेकाेछ ।
0 Comments
7 Likes
Dislikes
Report
सुमन
२०७६ जेठ १३ गते १२:३२
तपाईले पनि त अधुरै सिकाउनु भयो होईनर ?
0 Comments
2 Likes
Dislikes
Report
© २००६-२०१८ Onlinekhabar.com सर्वाधिकार सुरक्षित