सन्तानले महशुस नगर्ने बुवाको मर्म

सन्तान ठूलो हुँदै जाँदा उसमा आउने धेरै गुण, अवगुणमा आमाको खास हात हुन्छ । सन्तानलाई कस्तो संस्कार र शिक्षा दिने भन्ने कुरा आमाको माध्यमबाट नै हुन्छ ।
तर, आमाको कारण मिलेको माया र करुणाको कुरा गर्दै गर्दा धेरैले आफ्नो जीवनमा बुवा बाट परेको प्रभाव भने महशुस गर्दैनन् । बुवा बाट सन्तानमा सर्ने तर उनीहरुले अक्सर महशुस नगर्ने केही प्रभाव यहाँ उल्लेख छ –
१. सुरक्षित महशुस
सन्तानमा बुवा को निकै गहिरो भावनात्मक सम्बन्ध हुन्छ । यो सम्बन्धको कारण सन्तानले बुवा को साथमा भएको बेला सुरक्षित र पूर्ण आत्मविश्वासको महशुस गर्न सक्छन् । उमेर बढ्दै जाँदा उनीहरुको जीवनमा निकै उतारचढाव आउँछ । यस्तोमा उनीहरुको लागि बुवा को सहयोग सबै भन्दा महत्वपूर्ण बन्न सक्छ । बुवा को सहयोगले सन्तानलाई सामाजिक विकास र समाजमा चिनाउन पनि सहयोग पुर्याउँछ ।
२. सम्बन्ध बनाउने तरिका
सन्तानले आफ्नो बुवा ले अन्य मानिसँग कसरी सम्बन्ध बनाउँछन् र उनीहरुसँग कसरी प्रस्तुत हुन्छन् भन्ने कुरालाई नियालिरहेका हुन्छन् । ठूलो भएपछि उनीहरुमा पनि बुवा ले गरेको जस्तै हिसाबले आफ्नो सम्बन्ध बनाउन थाल्छन् । उनीहरुमा साथी, प्रेमी/प्रेमिका वा कामको क्रममा जोडिन आउने मानिसहरुसँग बुवा ले गरेको जस्तै तरिकाले सम्बन्ध विस्तारको काम शुरु गर्छन् ।
३. आफैंमा विश्वास गर्न
बुवा को प्रभावले सन्तानलाई आफैंमा विश्वास गर्ने बानीको विकास गराउँछ । कहिलेकाहीँ सन्तान कुनै सानोतिनो समस्यामा पर्दा बुवा ले त्यसलाई वेवास्ता गरिदिन्छन् । यसबाट उनीहरुले समस्या समाधान गर्न सक्छु भन्ने विश्वास उनीहरुमा बढाउँछ ।
४. बौद्धिक विकास
सन्तानको बौद्धिक विकासमा पनि बुवा को ठूलो भूमिका हुन्छ । बुवा ले अफ्ना सन्तानसँग कुरा गर्दा उनीहरुको धेरै शब्दको ज्ञान बढ्छ । साथै उनीहरुलाई जटिल भाषा बुझ्ने क्षमता पनि बढ्छ । यसले उनीहरु सिक्ने क्षमता पनि तुलनात्मक रुपमा अरुभन्दा अगाडि हुन्छन् । त्यस्तो वातावरणमा हुर्केका बालबालिकाम कठिन प्रश्नको समाधान गर्न सक्ने किसिमका हुन्छन् । साथै अन्य सामान्य बालबालिकाको तुलनामा मेघावी पनि हुन्छन् ।
५. पुरुषप्रतिको धारणा
सन्तानमा बुवा को प्रभावले लैङ्गकि हिसाबमा आफ्नो धारणा बनाउने गर्छन् । केटाहरुले आफ्नो भावनालाई कसरी नियन्त्रणमा राख्ने भन्ने कुराको ज्ञान बुवा बाट सिक्छन् भने केटीहरुले अन्य मानिससँग सम्बन्ध बनाउँदा बुवा बाट उनीहरुलाई कसरी विश्वास गर्ने र उनीहरुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा सिक्छन् ।
६. वास्तविक जीवनको लागि तयार पार्नु
आमाले धेरैजसो समस्यामा आफ्नो सन्तानलाई संरक्षण गर्ने प्रयास गर्छिन् । तर, बुवा ले भने समस्यासँग लड्न तयार बनाउने प्रयास गर्छन् । बुवा ले आफ्ना सन्तानलाई न्याय, स्वच्छता, कर्तव्य लगायतका कुरा सिकाउँछन् । धेरै हकमा बुवा ले सन्तानलाई कडाइ र अनुशासनमा राख्ने प्रयास गर्छन् । यसले उनीहरुलाई वास्तविक जीवनमा अघि बढ्न सहयोग पुर्याउँछ ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon