Loshar2076

Loshar2076
#Tamang culture

के हो विअाई सिटी

बिआईसिटी कार्यक्रम सामान्यतया, आईसिटी र शिक्षालाई मिलाएर बनाएको  सेमेष्टरमा आधारित एउटा आईटी कोर्शको प्याकेज नै बिआईसिटी कार्यक्रम हो । यस कार्यक्रमको प्रमुख उधेश्य बिद्यालय स्तरमा दक्ष कम्प्युटर शिक्षकको उत्पादन गर्नु हो ।
             नेपालमा हाल यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवम् सम्बन्धन प्राप्त गरी जम्मा १४ वटा क्याम्पस हरुमा सञ्चालित छ । यस कार्यक्रमको सुरुवात शिक्षा क्षेत्रका हस्तिहरुको संलग्नतामा गरिएको थियो । सुरुवाती समयमा यस कार्यक्रमका लागी दक्ष जनशक्ति नहुँदा कार्यक्रमलाई बढवा दिन तथा दक्ष जनशक्ति उत्पादन गर्न दशमहिने तालिम सञ्चालन गरिएको थियो । यिनै जनशक्तिका आधारमा सन् २००९ देखी पहिलो ब्याजका रुपमा ३ बर्षे  बिआईसिटी कार्यक्रमको सुरुवात भयो ।
               बि.सं. २०७२ साल भन्दा पहिले यो कार्यक्रम बार्षिक प्रणालीमा आधारित थियो भने  बि. सं. २०७२ सालबाट यसलाई सेमेष्टर प्रणालीमा बिस्तार गरियो । सेमेष्टर प्रणालीमा बिस्तार गरिनुको प्रमुख कारण अरु आइटी कार्यक्रम सरह बनाउनु तथा गुणस्तरमा बृद्वि गर्नु थियो  भने अर्को एक कारण ब्याचलर कोर्षको चारबर्षे बढवा प्रणाली लागु हुनु नै थियो । ३ वर्षे बिआईसिटी अध्ययन पुरा गरेका विद्यार्थीहरुले मास्टरमा एमएड आईसिटी बाहेक अरु कार्यक्रमहरु अध्ययन गर्न नपाउने व्यवस्था भएपनि सेमेष्टर प्रणाली बाट अध्ययन पुरा गरेका विद्यार्थीहरुले भने मास्टर डिग्रीमा एमई कम्प्युटर र एमएससी सीएस आइटि बाहेकका सम्पुर्ण आइटी कोर्ष अध्ययन गर्न पाउने व्यवस्था हुनुका साथै सरकारी सेवामा कम्प्युटर अधिकृत तथा आईटि अफिसरमा पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
            यस कार्यक्रमको मुख्य विशेषता भनेकै प्लस टु मा जुनसुकै संकाय पढेकाले पनि पढ्न पाउनु हो । यो कार्यक्रम अध्ययनको लागी पब्लिक क्याम्पस तर्फ तिनलाख बराबरको खर्च लाग्छ भने आङ्गिक क्याम्पस तर्फ दुईलाख बराबरको खर्च लाग्दछ । यस कार्यक्रमको मुख्य उधेश्य  विद्यालय स्तरमा दक्ष कम्प्युटर शिक्षकको को उत्पादन गर्नु भएतापनि यस बाहेक यस कोर्षको अध्ययन पश्चात वेब एप्लीकेसन, डाटाबेस, आईएनजिओ, एनजिओ, रिसर्च सेन्टर, आईटीपार्क, सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क सेक्युरिटि, बैँक, इन्डष्ट्री, कम्प्युटर एप्लिकेसन, प्रोगामिंङ, आदि क्षेत्रमा काम गर्न सकिन्छ ।
Previous
Next Post »