Loshar2076

Loshar2076
#Tamang culture

पर्खाइ


बिहान सवेरै उठें । बाहिर कुहिरोले डम्म थियो। आफू भन्दा दुइ मिटर अगाडि पनि सेतो वादल जस्तो कुहिरोले अनौठो किसिमको सेतो अन्धकार कायम गरेको थियो। अचानक संझे भाइलाई । यस्तै जाडोमा दुइ वर्ष अघि भाई रमेश घरवाट स्कूलमा पढाउन हतार–हतार गर्दै एक कप चिया पिएर निस्केको थियो। अचानक मेरो मुखवाट निस्केको थियो ‘बाबू होस् गरेर हिंड है अचेल माओवादी र सेना यता घुमिरहेको हल्ला छ ।

हामी जस्ता चेपुवामा परौंला!’ भाइले मतिर हेरेर हाँसेर भनेको थियो, ‘आ ! यो दिदी पनि चाहिने÷नचाहिने कुरा गर्छिन् । हामी जस्ता साधारण शिक्षकलाई कसैको डर छैन । आफ्नो डयुटी गर्नु पर्छ।’ यति भनि भाइ हिँड्यो त्यसपछि ऊ कहिल्यै आएन । त्यो बिहानको कुहिरो भित्र पसेको थियो । कहिले बाहिर निस्केन । भोलिपल्ट उसको रेटिएको लास छहरे खोलाको बगरमा भेटियो। यो बाक्लो कुहिरोले भाइको त्यो दिनको अनुहार संझाउँछ । बिस्तारै ढोका खोलें र पिंढीको खाटमा वसें । कताकता त्यो कुहिरोवाट भाइ दिदी भन्दै आउँछ कि भन्ने मनमा आयो । कुहिरोतिर आसाले हेरें । नभन्दै कोही मानिस मतिरै आए जस्तो लाग्यो । ए ! मेरो भाइ साँच्चिकै फर्कियो कि ? एकछिन मैले आफूलाई पत्याउनै सकिन । आँखा तरेर कुहिरोतिर हेरें । हो ! मेरो भाइकै जिउडालको मान्छे रहेछ । अब म पिँढीबाट उठें । भाइलाई अंगालो मारेर रुन्छु अनि हामीलाई किन छाडेर दुई वर्ष वेपत्ता भएको भनेर गाली गर्छु भनि मनमनै गुनें। कुहिरोबाट एउटा ३०–३५ वर्षको युवक मेरो अगाडि आयो । विस्तारै अनुहार स्पष्ट भयो । मेरो भाइ होइन रहेछ, तल्लाघरे साहिँलोको छोरो च्याण्टे कान्छो पो रहेछ ! ऊ माओवादीमा गएर कमाण्डर भएको थाहा थियो । मनमा लाग्यो, ‘आज किन म कहाँ आयो के मलाई मार्न त होइन ?’ डर पनि लाग्यो । तर जनयुद्द सकिएको ३ वर्ष भइसकेको थियो। त्यसैले मार्न आएको त पक्कै होइन होला भन्ने संझे । तैपनि गौर गरेर उसको अनुहार हेरें । अनुहारमा आक्रोस थिएन। बरु एक किसिमको डर र उदासिनता थियो ।

गणितको शिक्षक भएकाले रमेशले बेरोजगार भएर बस्नु परेन । चाँडै ऊ गाउँको माध्यमिक शिक्षक भयो र एक वर्ष नवित्तै स्कूलको प्रधानाध्यापक पनि बन्यो। शिक्षकका रुपमा गाउँमा रमेशको इज्जत थियो । विद्यार्थी उसँग रमाउँथे भने गाउँका हरेक समस्या समाधानमा सहयोग गर्ने उसको वानीले ऊ जनप्रिय थियो। राजनैतिक रुपमा धेरै बोल्दैनथ्यो । उसको बारम्बार भनाई थियो ‘अब बोलेर काम छैन । हाम्रो हातमा अब केही पनि छैन।’ आइतवारका दिन मसँग विदा भएर रमेश बिहानै कुहिरोमा स्कूल जान विलाएको थियो । स्कूलमा ९ कक्षाको गणित पढाउँदै जाँदा ९ बजेतिर बन्दुक लिएका दुईजना र घरेलु हतियार लिएका ६ जना माओवादी स्कूलमा पसे । ‘रमेश सर, तपाइसँग हाम्रो केही कुरा गर्नु छ हिँडनुस्’ भनि वन्दुक लिएको युवाले भन्यो। ‘म पढाउँदै छु, कसरी जाने ? पछि तपाईंहरुसँग कुरा गरुँला’, यति भन्न नपाउँदै रमेशलाई अरु दुई जनाले ढोका बाहिर घचेटे । झण्डै डोरी लगाएको बोका जस्तै ऊ हिँड्न बाध्य भयो। कक्षा कोठाका विद्यार्थी स्तव्ध थिए । कसैले बोल्ने हिम्मत गरेन। अलिक पर कान्लो ओर्लिए पछि रमेशको दुबै हात पछाडि वाँधियो । ‘होइन मैले के गरेर यसो गर्नु भएको ?’, रमेश बराबर यही प्रश्न सोध्थ्यो । उत्तर कतै थिएन । रात पर्दै गयो । देउराली गाउँको तल डाँफे र सिँदुरे खोलाको संगममा टोली पुग्यो । डाँडामा जंगल र त्यसपछि खोलाको संगम, अनि त्यहाँ खोलाको गर्जन। दिउसै पनि असजिलो लाग्ने ठाउँ। रातमा त वातावरण झनै डरलाग्दो थियो।

खोला पारी १५/२० जनाको टोली कुरेर बसेको थियो । अब छलफलको विषय थियो रमेशलाई के गर्ने । राजनैतिक कमिसार भएको रहेछ रमेशको वालसखा च्याण्टे कान्छो। ‘यो स्कूलको माष्टर यसले हाम्रो विरुद्ध के गरेको छ र ? यसलाई सफाया गरेर हाम्रो क्रान्तिलाई केही मद्दत हुँदैन’, ३० वर्ष जतिको केटाले भन्यो। ‘हो कमरेड, जनतालाई आतंकित गर्नु क्रान्ति होइन, आतंकवाद मात्रै हो । यो माष्टरबारे सबै नबुझी सफाया गर्न हुँदैन । यो माष्टर जनतामा प्रिय छ । यसलाई मारेर हामी जनताको माया पाउदैनौं’, यो तर्क अर्को कामरेडको थियो। ‘तर कमरेड, यो स्कूलको माष्टर बुर्जुवा शिक्षाको प्रतिनिधि पात्र हो र यस्तालाई सफाया गर्न थाले पछि मात्र जनपक्षिय शिक्षाका लागि बिरोध हुँदैन । त्यसैले अरु सव बुर्जुवा र सामन्तलाई पार्टीसँग गलाउने हो भने यसको सफाया गरेर उदाहरण पेस गर्नु पर्छ’, यो आवाज अरु कसैको थिएन, रमेशको बालसखा च्याण्टे कान्छा उर्फ नविनको थियो। च्याण्टे कान्छाको नयाँ रुप र नाम नविन थियो । उसले वोले पछि त्यो पार्टीको लाइन भयो । च्याण्टेको तर्कको खण्डन भएन । सबै सर्तक र खामोस भए । च्याण्टे उठेर पारी रमेश राखेको ठाउँमा गयो। ‘अहो च्याण्टे तँ यहाँ ! हेर भाइ मलाई दुःख दिएको ! म घरको दालभात खाएर इमान्दारपूर्वक पढाएर वसेको मान्छेलाई यिनीहरुले किन यस्तो दुःख दिएको?’ रमेशलाई लाग्यो अव उसलाई सहारा मिल्यो किनभने एउटै गाउँको च्याण्टे जो अगाडि छ। ‘रमेश’, च्याण्टेले गम्भिर स्वरमा भन्यो, ‘हेर् ! यो क्रान्ति हो ।

बुर्जुवा शिक्षालाई अगाडि वढाउने भरौटेहरु सबै सामन्ती हुन् र यस्ता सामन्तीको सफाया नगरी देश अघि बढ्दैन।’ ‘तेरो भनाइमा म सामन्ती ? तेरो दिमाग त ठिक छ नि ? गाउँको तेरो सम्पत्ति मेरो परिवारको भन्दा चार गुणा बढी छ । एउटै स्कूलवाट तँले र मैले एसएलसी गरेको । फरक तँ आइएमा फेल भइस्, म पहिलो श्रेणीमा पास भएँ । फेल भएपछि तैले बन्दुक बोकिस् मैंले किताब बोकें । के त्यत्तिले गर्दा म सामन्ती र तँ क्रान्तिकारी ? अनि क्रान्तिकारीको मतलब मन नपरेकालाई सफाया गर्ने हो ?’ ‘तेरो भनाइमा म सामन्ती ? तेरो दिमाग त ठिक छ नि ? गाउँको तेरो सम्पत्ति मेरो परिवारको भन्दा चार गुणा बढी छ । एउटै स्कूलवाट तँले र मैले एसएलसी गरेको । फरक तँ आइएमा फेल भइस्, म पहिलो श्रेणीमा पास भएँ । फेल भएपछि तैले बन्दुक बोकिस् मैंले किताब बोकें । के त्यत्तिले गर्दा म सामन्ती र तँ क्रान्तिकारी ? अनि क्रान्तिकारीको मतलब मन नपरेकालाई सफाया गर्ने हो?’ ‘तैले के वुझेको छस् क्रान्ति ? क्रान्ति सफल पारी नयाँ संसार सिर्जना गर्न क्रान्तिकारी आतंकवाद अनिवार्य हतियार हो । हेर्, रमेश पढाइमा त म भन्दा सधैं अगाडि थिइस् तर हेर आज क्रान्ति मार्फत एउटा नयाँ संसार खडा गर्ने काममा म तँ भन्दा धेरै अगाडि छु । तँ यो वुर्जुवा व्यवस्थालाई टिकाउने वुर्जुवा शिक्षक होस् । तँ यो समाजको यथास्थिति जोगाउने जनाबर र रोग होस् । तँ जस्तालाई तह नलगाई अब क्रान्ति हुँदैन। यो तह लगाउने भनेको नै क्रान्तिकारी आतंकवाद हो । हो म क्रान्तिकारी आतंकवादी हुँ र मेरो आतंकवादले नयाँ युगको सिर्जना गर्नेछु ।

स्वयं माक्र्सले भनेका छन् सामन्ती समाजको अन्त गर्न क्रान्तिकारी आतंकवाद एउटा मूल वाटो हो’, नविन कामरेड गर्जियो। ‘हैन तैँले यो के भनेको ?’, रमेशले चिच्यायो, ‘तैंले हाम्रो घरमा आएको, एकै ठाउँमा वसेको र खाएको विर्सिस् ? मेरो दिदीले हामीलाई रातिसम्म बसेर होमवर्क गर्न मद्दत गरेको विर्सिइस् । के यो माया र आफ्नोपनको अब कुनै मतलव छैन । के तँ मा अब मानवता भन्ने वस्तु छैन ?’ ‘हेर रमेश, क्रान्तिकारी आतंकवादले तँलाई र मलाई दुई कित्तामा राखिसकेको। अब कुनै संझौता हुँदैन। तेरो सफाया मेरो निर्णय हो। अब नयाँ युग र नयाँ सामाजिक संरचना सिर्जना गर्न चुनाव होइन तरबार चाहिन्छ। म त्यो तरबार हुँ।’’ त्यो दिन हात जोडेर कुहिरोमा हराएको च्याण्टे कान्छोलाई म बराबर गाउँमा देख्छु। ऊ अहिले मेरो भाइ रमेशले पढाएको स्कूलमा शिक्षक छ। बिहान बेलुका एउटा सानो किराना पसल खोलेर व्यापार पनि गर्छ । चुनावमा उसको घरमा भोज–भतेर खुवै लाग्छ। कुन पार्टीमा लागेको छ– मैले वास्ता पनि गरेको छैन। दुई वर्ष अगाडि नेपाली कांग्रेसको नेता थियो । त्यसपछि गाउँमा घर वनायो। अचेल माओवादी भएपछि पसल खोलेको छ । र अब निजी वोर्डिङ स्कूल पनि खोल्दैछ भन्ने सुनेको छु । म भने अझै पर्खिरहेको छु । वर्षौ अगाडि मैले मेरो भाइलाई यातना दिएर घाँटि काटेर हत्या गरेको हत्यारा विरुद्ध कानूनी कारवाहीको निवेदनमा कहिले तोक लाग्ने हो र कहिले मैले न्याय पाउने हो ? म पर्खिरहेको छु। जति आँसु बगे पनि पर्खि रहनेछु।
Previous
Next Post »