डा. लक्ष्मीकुमार पराजुली
कक्षाकोठामा सहपाठीबीच होस् वा कार्यस्थलमा सहकर्मीबीच, हामी सबैमा केही न केही मात्रामा डाह गर्ने प्रवृत्ति हुन्छ। अनुसन्धानले देखाएअनुसार धेरै मानिस आफूलाई अरू औसत व्यक्तिका तुलनामा विवेकी, क्षमतावान् र तार्किक ठान्छन्। आफूभन्दा कोही अब्बल र क्षमतावान् देखिएमा आफ्नो सामाजिक छवि, प्रतिष्ठामा आँच आउने डरले मानिस अरूको सफलताको मुक्तकण्ठले प्रशंसा गर्न सक्दैनन्, बरु डाह गर्छन्। स्वभावैले मानव जाति आफ्नो कमजोरी सहजै स्वीकार्न सक्दैन र मान, प्रतिष्ठा, सम्मान आफूमा केन्द्रित होस् भन्ने चाहना राख्छ।
डाह केवल मानव जातिमा नभएर सबै प्राणीको एउटा साझा चरित्र हुन सक्ने तथ्य वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्। जस्तो कि वैज्ञानिक फ्रान्स दि वालले केही बाँदरलाई कुनै एउटा काम गर्न अभ्यस्त बनाए र राम्रोसँग त्यो काम गर्ने बाँदरलाई इनामस्वरूप काँक्रो दिए। बाँदरहरू काँक्रो पाउँदा खुसीसाथ उनले सिकाएको काम गर्थे। तर आफूसँग नजिक भएको अर्को बाँदरलाई काँक्रोभन्दा आकर्षक इनाम जस्तै ः अंगुर दिइएमा पहिले काँक्रो पाउँदा खुसी भएर काम गर्ने बाँदर काम गर्न इच्छुक देखिएनन्। फ्रान्स दि वालका अनुसार यस्तै प्रवृति बाँदरलगायत चिम्पान्जी, कुकुरहरूमा पनि हुने गर्छ। यी अनुसन्धानले सबै प्राणीमा आफूभन्दा अरूले राम्रो सफलता हासिल गर्दा खिन्न हुने प्रवृति हुन सक्ने संकेत गरेका छन्।
डाहको भुमरीमा तड्पिने व्यक्तिको धेरै समय अरूको सफलतामा दुःखी भएरै बित्छ र ऊ जीवनको सौन्दर्यका कतिपय पाटाबाट वञ्चित हुन्छ र सदैव असन्तोषको सिकार भइरहन्छ।
डाह गर्ने प्रवृति पनि मस्तिष्ककै उपज हो त ? अमेरिकी मनोवैज्ञानिक जोन कासिओप्पोको अनुसन्धानअनुसार हाम्रो मस्तिष्कमा सकारात्मकभन्दा नकारात्मक कुरामा बढी चाख दिने प्रवृति हुन्छ। मानौं, हामी कुनै एउटा मनपर्ने साथीसँग दिनभरि रमाइलो÷मनमोहक स्थानमा घुम्न गयौं, तर दिनभरिमा चाहे १ मिनेट नै किन नहोस्, सँगै घुम्न गएको साथीले आफ्नाबारे केही नकारात्मक प्रतिक्रिया दियो भने हाम्रो मानसपटलमा त्यो मनमोहक स्थानको रमाइलो स्मृतिभन्दा पनि साथीको त्यो नकारात्मक प्रतिक्रिया नै घुमिरहन्छ। त्यस्तै हाम्रो समाजमा सकारात्मकभन्दा नकारात्मक कुरा छिट्टो फैलिन्छन् वा भाइरल हुन्छन् भन्दा कसैको विमति नहोला। यसै पनि हामी अरूको नकारात्मक टिप्पणी गर्ननै बढी आनन्द महसुस गर्छाैं।
कसैको प्रगतिका गाथा सुन्नेबित्तिकै कतिपय अवस्थामा हाम्रो प्रथम प्रतिक्रिया अलिकति नकारात्मक नै हुने गर्छ। कसैको सफलतालाई तुरुन्त तारिफ गरिहाल्नुभन्दा पनि हाम्रो मस्तिष्कले सानै भए पनि उसको नकारात्मक पक्ष कोट्याउन थाल्छ, सफलतालाई नजरअन्दाज गर्छ र केही क्षणपछि डाहको भावना उत्पन्न गराउँछ।
विभिन्न अनुसन्धानले देखाएअनुसार डाह गर्दाका बखत हाम्रो मस्तिष्कको एन्टेरियर सिन्गुलेट कोर्टेक्स भन्ने भाग सक्रिय हुन्छ। वैज्ञानिक प्रयोगहरूमा यस भागलाई कृत्रिम रूपमा ट्रान्सक्रानिएल स्टिमुलेसन प्रविधिद्वारा उत्तेजित गरेमा डाह अनुभव हुन्छ। अझ भन्ने हो भने एन्टेरियर सिन्गुलेट कोर्टेक्समा उत्तेजना पैदा गर्न प्रदान गरिने बल र डाह अनुभूतिबीच प्रत्यक्ष आनुपातिक सम्बन्ध रहेको पाइएको छ। अर्थात् कोर्टेक्सलाई बढी उत्तेजित गरिएमा डाहको अनुभव पनि बढी नै हुन्छ। त्यस्तै कुनै दुर्घटना वा रोगका कारण यस भागमा समस्या भएका व्यक्तिमा कम मात्रामा डाह गर्ने प्रवृति देखिन्छ। हुन त कुनै व्यक्ति किन अरूभन्दा बढी डाह गर्छ भन्ने कुराको यकिन वैज्ञानिक आधार तय भइसकेको छैन। तर त्यस्ता व्यक्तिमा डाहसँग सरोकार राख्ने मस्तिष्क कोष बढी संख्यामा हुन सक्ने वा सानैदेखि अरूसँग तुलना गर्ने परिवेशमा राखिएको हुन सक्ने विश्वास वैज्ञानिकहरू गर्छन्।
डाहको अनुभूति हुँदा सक्रिय हुने एन्टेरियर सिन्गुलेट कोर्टेक्समा दुखाइ अनुभूति गर्ने स्नायु कोष पनि हुने हुनाले डाह गर्दा शारीरिक पीडा महसुस हुने गर्छ। तसर्थ अरूको सफलतामा डाह गर्दा कहिलेकाहीं हामीलाई चसक्क मुटु, पेट वा शरीरका अन्य भाग दुख्छ।
वैज्ञानिकहरूका अनुसार आफूले डाह गर्ने व्यक्तिको सफलताबाट पाठ सिकी मानिसले आफ्नो जीवनलाई पनि सफलतातर्फ डो-याउन सक्छन्।
डाहसँगै जोडिएको अर्को पाटोचाहिँ आफ्नो प्रतिस्पर्धी वा आफूले सरोकार राख्ने व्यक्तिको दुर्भाग्य वा दुर्गतिमा खुसी हुनु पनि हो। यसलाई अंग्रेजीमा सादेनफ्रेउदे भन्ने गरिन्छ। अंग्रेजीमा एउटा भनाइ नै छ ‘योर पेन इज माई गेन, योर गेन इज माई पेन’ अर्थात् ‘तिम्रो दुर्गति मेरो उन्नति, तिम्रो उन्नति मेरो दुर्गति।’ प्रसिद्ध जर्नल साइन्समा जापानी वैज्ञानिक हिदेहीको ताकाहाशीको अनुसन्धान समूहले सन् २००९ मा प्रकाशन गरेको एक अनुसन्धानले हामी अरूको प्रगतिमा किन दुःखी हुन्छौं र दुर्गतिमा किन ‘खुच्चिङ’ भावमा प्रस्तुत हुँदै खुसी अनुभव गर्छाैं भन्ने तथ्यलाई वैज्ञानिक आधार प्रदान गरेको थियो।
यस अनुसन्धानले पत्ता लगाएअनुसार आफूले डाह गरेको व्यक्ति दुर्गतिको अवस्थामा पुगेको कल्पना गर्दा मस्तिष्कमा खुसीको अनुभूति पैदा गर्ने स्ट्रियाटम भन्ने भाग सक्रिय हुन्छ। अगस्टिन इबानेज र उनका सहकर्मीहरूको एक अध्ययनले अरूको दुर्गतिमा धेरै मात्रामा रमाउने व्यक्तिहरूको स्ट्रियाटममा ग्रे–म्याटर (स्न्यायु कोष रहने स्थान) को आयतन तुलनात्मक रूपमा अरूको दुर्गतिमा कम रमाउने व्यक्तिको भन्दा ठूलो भएको तथ्य पत्ता लगाएको थियो।
मागेर गुजारा गर्ने व्यक्तिले आफूभन्दा अलिकति बढी माग्न सक्ने व्यक्तिको बढी डाह गर्ला कि विश्वकै धनी व्यक्तिहरू जस्तै ः बिल गेट्सको ? सम्भवतः धेरैजसो निम्न÷मध्यम वर्गका व्यक्तिले बिल गेट्सको डाह गर्दैनन् होला। सम्पन्न (धनी) हुने चाहना नै डाहको प्रमुख कारण हो भने त कुनै गरिब व्यक्तिले बिल गेट्सजस्ता धनी व्यक्तिहरूकै डाह गर्नुपर्ने हो। तर डाहको सन्दर्भमा ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनाइ चरितार्थ भएको पाइँदैन।
बिल गेट्स आफ्नो क्षमता वा भाग्यका कारण एउटा साधारण जीविकोपार्जन गर्ने व्यक्तिभन्दा आर्थिक रूपले धेरै उच्च भएकाले हामीमध्ये धेरैजसोको मस्तिष्कले उनकै स्तरमा पुग्ने प्रयास गर्नु भनेको समय र शक्ति खेरफाल्नुसिवाय केही होइन भन्ने ठान्छ। मनोवैज्ञानिक अब्राहम टेसरका अनुसार हामी कुनै अपरिचित÷टाढाका व्यक्तिको भन्दा पनि परिचित÷नजिकका व्यक्तिको प्रगतिमा दुःखी हुने गर्छौं।
आखिर प्रसिद्ध हिन्दी चलचित्र ‘थ्रि इडियट्स’ मा फरहानले कलात्मक शैलीमा भनेजस्तै आफ्नो नजिकको साथी परीषामा अनुत्तीर्ण हुँदा जति दुःख लाग्छ, त्यो भन्दा बढी दुःखचाहिँ ऊ उच्च अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण हुँदा लाग्छ।
हामी सबैको मस्तिष्कमा ऐना स्नायु कोष अर्थात् मिरर न्युरन हुन्छ, जसको प्रमुख काम अरूका बानी–व्यवहार नक्कल गर्नु हो। त्यही कारण हामी आफ्नावरिपरिका वातावरणसँग मात्रै सरोकार राख्छौं। यसैकारण पनि आफ्नो उमेर समूह, सहपाठीहरूसँग नै बढी डाह गर्ने गरिन्छ। त्यस्तै समान लिंगबीच बढी डाह गरिने तथ्य पनि अनुसन्धानहरूले उजागर गरेका छन्। पुरुषले पुरुषकै र महिलाले महिलाकै बढी डाह गर्ने गर्छन्।
वैज्ञानिक तान्या मेनोनले अमेरिकाका विभिन्न कम्पनीमा गरेका अध्ययनअनुसार ती कम्पनीका कर्मचारीले आफ्नै सहकर्मीबाट आउने नवीन विचार स्वीकार्न हिचकिचाउँछन्। तर ठ्याक्कै त्यस्तै विचार कम्पनीभन्दा बाहिरका मानिसले दिँदा त्यसलाई सकारात्मकतवरले ग्रहण गर्छन्। आफ्नो कम्पनीभित्रै कार्यरत सहकर्मीको नवीन विचार कम्पनीमा लागू भएमा आफू फगत सहकर्मीको विचारको एक अनुयायी मात्रै हुने र विचार प्रदान गर्ने सहकर्मीको प्रतिष्ठा कम्पनीभित्र आफ्नोभन्दा उच्च रहने डरले पनि उसको अवधारणा सहजतासाथ स्वीकार नगरेको हुन सक्ने विश्वास मेनोनको छ। यस्तो डाहमिश्रित कार्य–संस्कृतिले कम्पनीलाई किमार्थ फाइदा पु¥याउँदैन। हरेक सफल संस्थाले आफ्ना कर्मचारीबीच डाह प्रस्ट रूपमा उजागर हुन नदिन विभिन्न उपाय अपनाउने गर्छन्। जस्तै ः बहुराष्ट्रिय वर्कसायर हाथवे कम्पनीका प्रमुख कार्यकारी निर्देशक वारेन बफेटले कम्पनीमा कार्यरत कर्मचारीबीच डाह कम होस् भन्ने हेतुले आफ्नो मासिक पारिश्रमिक सापेक्षिक रूपमा न्यून नै राखेको तथ्य विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ।
हरेक धर्मशास्त्रले डाहलाई मानवमा निहित एउटा विकारका रूपमा लिइएको पाइन्छ। असन्तोषी मस्तिष्कमा रहने यो विकार मानिसको वशमा भइदिएको भए त त्यसलाई जरैदेखि उखेल्ने इच्छा कसलाई पो नहोला र ! डाहको भुमरीमा तड्पिने व्यक्तिको धेरै समय अरूको सफलतामा दुःखी भएरै बित्छ र ऊ जीवनको सौन्दर्यका कतिपय पाटा अनुभव गर्नबाट वञ्चित हुन्छ र सदैव असन्तोषको सिकार भइरहन्छ।
तर जीव–वैज्ञानिकहरूका अनुसार डाह सधैं द्वेषपूर्ण नियतले नै गरिन्छ भन्ने होइन। हरेक मानिसमा सफलता र सामाजिक प्रतिष्ठा हासिल गर्ने असीमित चाहना हुन्छ, तर पृथ्वीमा स्रोत÷साधन सीमित छ। त्यसैले मानिस, कसैले सफलता प्राप्त गरेमा आफ्नो हिस्साको स्रोत÷साधन आफूबाट गुमेको महसुस गर्छन्। वैज्ञानिकहरूका अनुसार आफूले डाह गर्ने व्यक्तिको सफलताबाट पाठ सिकी मानिसले आफ्नो जीवनलाई पनि सफलतातर्फ डो-याउन सक्छन्। त्यसैले सहकर्मी/साथीबीच वैरभाव/द्वेष जन्माउने कारक होइन, मानव जातिको प्रगतिलाई मार्गनिर्देशन गर्ने सूत्र बन्न सक्यो भने डाह– सौम्य र विकाररहित हुनेछ।
(लेखक टोक्योस्थित जुन्तेन्दो विश्वविद्यालयमा स्नायु–विज्ञान विषयका उपप्राध्यापक हुन्।)

ConversionConversion EmoticonEmoticon