Loshar2076

Loshar2076
#Tamang culture

पानी कसरी पिउने ?



धेरै मानिसले पानी तनतनी पिउने गर्छन् । मुखमा ग्लास पु¥याएपछि ग्लास नरितिञ्जेलसम्म लगातार पानी पिउँछन् । तर, आयुर्वेदका अनुसार पानी सुरुप–सुरुप गरी पिउनुपर्छ । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्ने आयुर्वेदले बताएको छ । –हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ । थुकमा क्षार पाइन्छ । सुरुप–सुरुप गरी पानी पिउँदा पानीमा थुक मिसिन्छ र बढी थुक पेटसम्म पुगी एसिडलाई शान्त गर्छ ।

–पानी गह्रौँ हुन्छ । बारम्बार वान्ता हुने मानिसले सजिलै पानी पचाउन सक्दैनन् । यस्ता मानिसलाई पानी पिउनासाथ फेरि वान्ता हुने गर्छ । सुरुप–सुरुप गरी पानी पिउनाले थोरै–थोरै मात्रामा पानी पेटमा पुग्छ र चारैतिर फैलिन पुग्छ । र, वान्ता हुँदैन । –सुरुप–सुरुप गरी पानी पिउँदा जिब्रो राम्रोसँग भिज्छ, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । –सुरुप–सुरुप गरी पानी पिउनाले समग्र पाचन प्रणाली सहज बन्न जान्छ ।
Previous
Next Post »