
विश्वव्यापी रुपमै कोरोना भाइरसको संक्रमण पुरुषमा बढी देखिएको छ र मृत्युदर पनि पुरुषकै उच्च छ, महिला एवं बालबच्चाको तुलनामा । किन त ? यसमा के अनुमान गरिएको छ भने धेरैजसो पुरुष धुमपानको अम्मली हुन्छन् । धुमपानले सोझो असर गर्ने भनेको फोक्सोमा हो । यसले फोक्सो र सास नलीमा नराम्ररी असर पु¥याउँछ । त्यसैगरी कोरोना भाइरसको संक्रमणले पनि फोक्सोलाई नै आक्रमण गर्छ ।
धुमपान गर्नु स्वास्थ्यका लागि हानी छ भन्ने कुराबाट सायदै बेखबर छन् । यो कुरा थाहा हुँदा हुँदै पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझै गरी चुरोट तान्नेहरुको जमात देखिन्छ । अहिले त किशोरपुस्ता समेत चुरोटका अम्मली भएका छन् ।
एकातिर धुमपान गर्ने बानीले कोरोना भाइरसको संभावित जोखिम निम्त्याउने देखिएको छ भने अर्कोतिर अहिले लकडाउनको कारण चुरोट सहजै उपलब्ध हुने स्थिति छैन । घरभित्र बसेर चुरोट सेवन गर्दा त्यसले परिवार वा बालबच्चाको फोक्सोमा समेत असर पार्छ । चिकित्सकहरु भन्ने गर्छन्, चुरोटको धुँवामा २०० भन्दा धेरै प्रकारका हानीकारक तत्वहरु हुन्छन् । अर्को तथ्य के पनि छ भने एक व्यक्तिले चुरोट तानेका छन् भने उनका नजिकका व्यक्तिलाई उक्त धुँवाले अरु बढी असर गर्छ ।
यही मौकामा चटक्कै चुरोटलाई त्याग किन नगर्ने ?
चुरोट त्याग्नका लागि सुरुमा तपाईं मानसिक रुपमा तयार हुनुपर्छ । यसको असरहरुबारे गंभिरतापूर्वक मनन गर्नुपर्छ । आफुले चुरोट सेवन गर्दा त्यसले परिवार र बालबच्चालाई पर्ने असरबारे संवेदनशिल हुनुपर्छ ।
चुरोट त्याग्नका लागि केही तौर तरिका छन्, जो उपयोगी हुनसक्छ ।
–म मेरो स्वास्थ्य सुधार्न चाहन्छु ।
–मैले मेरो परिवारको लागि धुमपान छोडेको हो ।
–मैले धेरै पैसा चुरोटमा खर्च गरेँ ।
–म कुलतबाट मुक्त हुन चाहन्छु ।
–म अर्को चुरोट कतिखेर पिउने भन्ने कुरालाई लिएर चिन्तित हुन चाहन्न ।
–म अरुसँग बोल्दा चुरोटको धुँवा गन्हाउन चाहन्न ।
–म दृढ छु । कुनैपनि कुरामा दृढ संकल्प गर्न सक्छु ।
अब एक दिनका लागि तपाईंले चुरोट त्याग्ने योजना बनाउनुपर्नेछ । तपाईंले केवल एक दिन चुरोट सेवन नगरी बस्दा के हुन्छ आफैमाथि प्रयोग गर्नुपर्नेछ । बिहान उठेपछि चटक्कै चुरोट छाड्नुहोस् । चुरोटको तलतल लागेको अवस्थामा सुकुमेल, ल्वाङ आदि चपाउने वा चिया, कफी पिउन सकिन्छ ।
दैनिक तालिका अनुसार कतिखेर चुरोट पिउनुहुन्छ भन्ने पहिचान गर्नुहोस् जस्तैः बिहान कफीसँग वा खाजा नास्ता खाएपछि चुरोट पिउने बानी हुन सक्छ । अब आफ्नो दिनचर्यामा पनि थोरै फेरबदल गर्नुपर्नेछ ।
जस्तो बिहान चिया वा कफीसँग चुरोट सेवन गर्ने बानी छ भने चिया र कफीको सेवन गर्ने समय अरु केही काममा आफुलाई लगाउनुहोस् । जस्तो बगैंचाको काममा, भान्साको काममा, बालबच्चासँग खेल्ने कुरामा । त्यसो त चियाको साटो कागती पानी, ग्रीन टि पनि सेवन गर्न सकिन्छ ।
खाना खानसाथ चुरोट पिउने बानी छ भने खाना खाने तालिकालाई केही बदल्नुपर्नेछ । वा खाना खाए लगत्तै अरु काममा आफुलाई व्यस्त राख्नुपर्नेछ ।
चुरोट पिउन छोडेको सुरुसुरुमा तलतल लाग्ने र गाह्रो महसुस हुन सक्छ । तपाईंको छाती कसिलो हुन्छ र छटपटी लाग्न सक्छ ।
निकोटिन त्यस्तो चिज हो जसले धुमपान छोड्न कठिन बनाउँछ । विज्ञहरुका अनुसार धुमपान छोडेका मानिसहरुलाई निकोटिनको तलतल प्रत्येक दुई घन्टामा लाग्छ ।
तर, तपाई धैर्य रहनुहोस् किनभने त्यस्तो तलतल सिमित समयको लागि हुन्छ । यस्तो मात्रै तीन देखि पाँच मिनेटसम्म हुन्छ र त्यसबीचमा चुरोट पिउनुभएन भने त्यो आँफै हराँउछ । तलतलले धेरै सतायो भने पानी पिउनुहोस्, साथीलाई फोन गर्नुहोस्, एकछिन हिँड्नुहोस, लामो सास फेर्नुहोस वा मोबाइलमा गेम खेल्नुहोस् ।
आफुलाई सधै व्यस्त राख्नुहोस्, व्यस्त भएमा मनमा धुमपान गर्ने सोच आँउदैन । तपाईले त्यसको सट्टा चुइङगम चपाउने, मेडिटेसन गर्ने, आफ्नो हात व्यस्त राख्ने, फिल्म हेर्ने, परिवारसँग रमाउने गर्न सकिन्छ ।
पर्याप्त पानी पिउनुभयो भने त्यसले शरीरमा भएका निकोटिन बाहिर निकाल्न मद्धत गर्छ । जब चुरोटको तलतल लाग्छ र धुमपान गर्न मनलाग्छ भने चिसो पानी पिउनुहोस् ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon