आनन्द प्राप्त गर्ने इच्छा किन हुन्छ ?

हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो, आनन्द । हामी पैसा कमाउन चाहन्छौं, यश आर्जन गर्न चाहन्छौं, मान र प्रतिष्ठा कायम राख्न चाहन्छौं, सुविधायुक्त जीवन विताउन चाहन्छौं किन ? अन्तिम उत्तर एउटै हो, आनन्दका लागि ।
हामी जीवनभर जे–जति काम गरिरहेका हुन्छौं, ति सबैबाट हामी आनन्द खोजिरहेका हुन्छौं । अर्थात हामी जन्मदेखि मृत्युसम्म खोज्ने अन्तिम कुरा हो, आनन्द । तर, के हामी आनन्द प्राप्त गरिरहेका हुन्छौं ? आनन्दको स्रोत के हो ? आनन्द कहाँ पाइन्छ ? आनन्द कसरी पाइन्छ ?
आनन्द जीव एवं विश्वको स्थायी भाव, स्वभाव र स्वधर्म हो । यसैले आफ्ना मूल स्वरुप पाउन अर्थात आनन्द प्राप्त गर्नु हरेक प्राणीको स्वभाविक प्रवृत्ति हो ।
आनन्दको स्रोत हामीभित्र नै छ । हामीभित्र नै आनन्द समाहित भएर रहेको हुन्छ । साधना गरेर आनन्दको अनुभूत गर्न सकिन्छ ।
श्रीमद्भागवत गीतामा के भनिएको छ भने, यस संसारमा दुई किसिमका मानिस मात्र आनन्दमा रहन सक्छन् । एक, पूर्ण अज्ञानी । दुई, जसले बुद्धिमाथि विजय प्राप्त गरेका छन् । बाँकी सबै दुःखी हुन्छन् । जीवनको आनन्दबाट विमुख हुन्छन् । अर्थात उनीहरुले आनन्द अनुभूत गरिरहेका हुँदैनन् । आत्म आफैमा आनन्दमय छ । तर, माया–मोहको आवरणले घेरिएपछि त्यो आनन्द विलुप्त हुनपुग्छ । पैसा, घर, परिवार, गाउँ, देश इत्यादिका कारण मान्छेमा आशक्ति बढ्छ ।
कुनैपनि व्यक्ति वा वस्तुमाथि जति धेरै आशक्ति बढ्छ, उत्तिनै दुःखको संभावना पनि अधिक हुन्छ । कुनैपनि आदर्श सामाजिक कार्यकर्ता वा सन्त जस्ता व्यक्ति पनि समाज वा भक्तजनप्रति आशक्त हुन सक्छन् ।
प्रत्येकलाई सबैभन्दा बढी आशक्ति आफैप्रति वा आफ्नो शरीर र मनप्रति हुन्छ । थोरै बेदना वा व्यधिले पनि मान्छेलाई दुःखी बनाउन सक्छ । त्यसैले हरेकले आफ्ना व्यधि, विपत्ति वा वियोगलाई हाँसेर स्विकार्न सक्नुपर्छ । यस्तो सामर्थ्य भएकाहरु नै आनन्दमा रहन सक्छन् ।
आनन्द जीवको स्वभाव हो । जसरी सख्खरको स्वभाव गुलियो हो ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon