Loshar2076

Loshar2076
#Tamang culture

बालबालिकाहरू लाई सकृय बनाउनुपर्छ

अहिल मुलुक बन्दाबन्दीको अवस्थामा छ । यो लकडाउन अर्थात बन्दाबन्दी अझ कति लम्बिन हो एकिन छैन् । लामो लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएका छन् । बिशेषगरी बालबालिकाहरू झन प्रभावित भएका छन् । विद्यालय बन्द भएका कारण उनीहरूको पठनपाठन पनि ठप्प छ । यस्ता बेलामा के गर्न सकिन्छ भनि  बालविकास विशेषज्ञ डा. मीनाक्षी दाहालसग कुराकानी गरेका छौ । बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आउनुभएका दाहाल हाल सार्थक शिक्षा, ललितपुर को अध्यक्ष हुनुहुन्छ । बालबालिका र शिक्षासँग सम्बन्धित विभिन्न पुस्तक लेख्नुभएका  दाहालको अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । प्रस्तुत छ डा. दाहालसँग गरिएको कुराकानी.. 

यो लकडाउनको समयमा कसरी समय व्यतित गर्दैहुनुहुन्छ ?
केहि सिक्ने, केही सिकाउने अनि पुस्तकहरु पढ्ने अभियान जारी नै छ । केही अपुरा कामहरु छन् त्यसलाई पूरा गर्न तर्फ लाग्दैछु । बालबालिकाकै क्षेत्रमा काम गर्ने व्यक्ति भएकोले यसैसँग सम्वन्धि रहेर छलफल गर्ने र लेखहरु लेखेर यो लकडाउनको समयलाई व्यतित गरिरहेकी छु ।


लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहनुभएको छ । बताइदिनस् न बालबालिकाको स्वभाव कस्तो हुन्छ ?
सबै बालबालिकाको स्वभाव एउटै हुदैन । पत्येकको फरकफरक विशेषता हुन्छ । तर सामान्य रुपमा भन्नुपर्दा उनीहरु चन्चले, जिज्ञासु, केहि न केही केही क्रियाकलापमा आफूलाई व्यस्त राख्न चाहाने स्वभावका हुन्छन् । कोही धेरै बोल्ने, कोही कम बोलेर क्रियाकलापमा समय विताउने खालका हुन्छन् ।

कोरोना भाइरसको कारण देशलाई लकडाउन गरिएको अवस्था छ । यो समयमा विद्यालय पनि बन्द छ । बालबालिकाको सिकाइलाई अभिभावकले कुन रुपमा लिने ?
एउटा कक्षा कम्तीमा पनि ४० मिनेटको हुन्छ । त्यो समयमा हलचल नगरी विताउनुपर्ने अवस्था पनि हुन्छ कतै । त्यो समय उनीहरुको लागी सकसपूर्ण थिए कि त्यता सोच्नुपर्ने विषय पनि छ । बालबालिकाले चाहेको जस्तो सिप सिकाउनको लागि यो लकडाउनको समय सकरात्मक वातावरणको रुपमा पनि लिन सकिन्छ । अभिभावकहरु बालबालिकासँग औपचारिकता निभाउनको लागि मात्र घुलमिल हुने गरेको पाइन्छ । दिनभरी विद्यालय पठायो, घरमा अभिभावकले के पढ्यौँ, गृहकार्य गर्यौ, परीक्षा कहिले हो भन्ने जस्ता प्रश्न गछौँ र पढाइसँग सम्वन्धित विषयमा मात्र केन्द्रित हुन्छौँ । त्यो पनि निर्देशनात्मक । किन गरेको किन नगरेको भन्ने विषयलाई भन्ने गरेका थियौँ भने अहिलेको समयमा पढाईमा सहयोग गर्दै उनीहरुले इच्छाएको विषयमा प्रत्यक्ष सहभागी गराएर सहयोग गर्न सक्छौँ । उनीहरुले कस्ता विषयमा चासो बढि दिने गरेको रहेछ र कुन कुरालाई आफ्नो बच्चालाई आकर्षित गर्दो रहेछ भनेर जान्ने अवसरको रुपमा अभिभावकले लिनुपर्दछ । बालबालिकासँग पनि आफ्नो अभिभावकसँग नै बसेर नयाँ कुरा सिक्ने, आफ्नो कुरा भन्ने र नजानेको सोध्ने प्रयाप्त समय छ । अभिभावकले आफ्नो बालबालिकालाई सँगै राखेर उनीहरुको सानोसानो कुराको याद गर्न पाइने अवसरको रुपमा लिनु आवस्यक छ । दोश्रो कुरा बालबालिकाले अगाडी किताव लिएर बस्यो भने पढिरहेको छ भन्ने भान पर्छ । पाठ्यक्रम केन्द्रित पढाइलाई ध्यान दिन्छौँ तर सिकाइ कति भयो भन्ने तिर ध्यान दिदैनौँ । मेरो बच्चाले पढिरहेको मात्र छ कि बुझिरहेको छ भन्नेमा केन्द्रित हुनुपर्दछ । बच्चाले कसरी सिकिरहेको छ अथवा के सिक्न खोजिरहेछ भन्नेमा अभिभावकले ध्यान दिएर यो समयको सदसपयोग गराउनु आवस्यक छ ।


कोरोना भाइरसको कारण विद्यालय वन्द भएको भन्ने जानकारी छ सानासाना बालबालिकामा पनि । घरबाट बाहिर निस्किए कोरोना लाग्छ भन्ने पनि गर्छन् । कोरोनाको त्रास कहिलेसम्म रहन्छ र विद्यालय कहिले खुल्छ एकिन छैन । तर अभिभावकबिचमा चाहि कुराकानी भएको सुनिन्छ, लामो समय विद्यालय नगएका बालबालिकाहरु पछि विद्यालय खुले पछि नमान्ने हो कि भनेर चिन्ता लिइरहेको पाइन्छ नि ?
यसमा दुई वटा कुरा जोडिन्छ । पहिलो कोभिड १९ को त्रास हो अहिलेको समयमा । अभिभावकले आफ्नो बच्चालाई नभने पनि अन्य कुनै माध्यमबाट सुन्छन् र बुझ्छन् । ठूलामान्छेहरु एक अर्कामा कुरा गरिरहेको सुन्छन्, रेडियो टेलिभिजनबाट समाचार आइराख्दा उनीहरु सँगै हुन्छन् र बाहिरी वातावरणमा त्यस्तै कुरा छ भने बालबालिकाहरुले त्यो कुरा मनमा लिइरहेका हुन्छन् । मैले त भनेकै थिन कसरी थाहा पायो भन्ने हुन्छ ठूलालाई । त्यस हुनाले यो कोरोनाको बारेमा कसरी कुरा गरिरहेका छौँ घरमा, बच्चाहरुmले के कुरा सुनिरहेका छन्, कति डराउन पर्ने छ, कति सजग हुनु पर्ने छ भन्ने कुरा महत्वपूर्ण छ । र त्यसमा अभिभावकले त्यसमा ध्यान दिनुपर्छ । डराउने, डर देखाउने भन्दा पनि सजगता अपनाउने कुरा जस्तै यो कुरामा ध्यान दियो भने कोरोनाले छुदैन यस्तो भयो भने भाइरसले छुन्छ भन्ने कुरा अभिभावक मार्फत बालकालिमा जानु आवस्यक छ । अभिभावकले अरुसँगप्रत्यक्ष कुरा गर्दा पनि र फोनमा कुरा गर्दा पनि डर लाग्ने कुरा गर्नु हुदैन । किनकि डर लाग्दा कुराहरु गर्दा उनीहरुले व्यक्त नगरे पनि मनमा राखिराख्छन् । दोश्रो कुरा चाहि के हो भने दिनदिनै विद्यालय पठाउदा त पढाइ राम्रो थिएन, स्कुलल जान मान्दैन थियो, अव त झन विद्यालय गएको छैन, पछि झनै जान मान्दैन कि भन्ने लाग्न सक्छ कतिपयलाई । तर पहिले विद्यालय जान नमान्नुको कारण के हो पत्ता लगाने अवसर छ अहिले । कतै उसको भावना विद्यालयले नबुझेको पो थियो कि, विद्यालयको वनातावरण उसको लागि सहज थियो कि थिएन, पढाउने तरिका उसको लागि उपयुक्त थिएन कि भन्ने तर्फ ध्यान दिनु जरुरी छ । अहिले लामो समय विद्यालय जान पाएन, साथीहरुसँग घुलमिल हुन पाएन त्यसैले गर्दा उनीहरु सधै घरमा नै बस्न भन्दा विद्यालय जान रमाइलो मान्छ पनि होला । उनीहरुलाई विद्यालय जाउजाउ बनाउनको लागि उत्साह जगाइदिनुपर्छ । त्यस्तै विद्यालयमा पनि शिक्षक केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित पठानपठान गराउनु पर्दछ । शिक्षकले कितावमा जे छ त्यसलाई मात्र ध्यान दिने भन्दा पनि वढि भन्दा वढि शैक्षिक सामाग्री प्रयोग गरेर पढाउन सकियो भने बालबालिकालाई विद्यालयमा नियमित सहभागिता गराउन सकिन्छ । बाल केन्द्रित शिक्षा दिन सकियो भने उनीहरु विद्यालय प्रति आकर्षित हुन्छन् । त्यस्तै अहिले अभिभावकले घरमा कुचो लगाउने, तरकारी केलाउने, लुगा धुने, जस्ता क्रियाकलपमा सहभागिता गराएको खण्डमा व्यवहारिक ज्ञान सिक्छन् । र विद्यालय गए पछि घरमा सिकेको कुराहरु शिक्षक र साथीहरुलाई भन है भनेर उत्साह थपिदियो भने उनीहरुलाई कहिले विद्यालय जाउला र यो कुरा सुनाउला भन्ने लाग्छ ।


यो समयमा बालबालिकाको सिकाइको विषयलाई लिएर अभिभावकलाई के भन्न चाहानुहुन्छ ?
बालबालिकालाई डर देखाउने, अनुसनमा राख्ने, यस्तो नगर, उस्तो नगर भन्ने गर्नु भन्दा पनि सुरक्षित बनाएर उनीहरुको रुचीमा केन्द्रित हुनुपर्छ । यो अनौपचारिक रुपमा सिकेको कुरा भोली औपचारिक रुपमा प्रयोग हुने कुरा सुकाउने हो यो समयमा । वरपरको वातावरणमा जेजे क्रियाकलाप हुन्छ त्यसमा व्यस्त बनाउन तर्फ लाग्नुपर्छ । र हौसला भने दिइराख्नुपर्छ । बच्चाले मोवाइल चलाउदा, टेलिभिजन हेर्दा अभिभावक सँगै बस्ने गर्नुपर्दछ । के हेर्यो, के बुझ्यो त्यो बारेमा बताउन र लेखेर देखाउन लगाउनुपर्छ । जस्ले गर्दा उनीहरुमा बोल्ने र लेख्ने कलाको पनि विकास हुन्छ । अहिले बालबालिकालाई निष्क्रिय भन्दा पनि सक्रिय बनाउनु आवस्यक छ ।

Previous
Next Post »