
आफ्ना बच्चाको लालनपालनको क्रममा यी गल्ती गर्नुहुन्छ ?
जस्तो- बच्चालाई खाना दिने सही समय कुन हो ?
यदि बालबालिकाले घरको कुनै काम गर्छन् भने हरेक पटक हामीले उनीहरुलाई चक्लेट दिइरहनु पर्छ ?
के म बच्चालाई यो खुवाउन लागेकी थिएँ ?
यदि तपाईंलाई पनि यी प्रश्नहरुसंग सम्बन्धित कुनै शंकाहरु छन् भने तपाईं एक्लो अभिभावक होइन जसको मनमा यस्ता जिज्ञासाहरु आउँछन् । यसको सूची अझै धेरै लामो हुन सक्छ । यसका साथै आमा-बुबाको मनमा बच्चाको लालनपालनलाई लिएर विभिन्न प्रकारका जिज्ञासाहरु उत्पन्न हुन सक्छन् । पहिलो पटक आमा-बुवा बनेका अभिभावकहरुको मनमा त विभिन्न नकारात्मक भावना समेत पैदा हुनसक्छ ।
यदि तपाईं दोस्रो पटक पनि आमा-बुबा बन्नु भएको छ भने तपाईंले दोस्रो बच्चाको लालन-पालन पनि सही रुपमा नै गर्नु हुन्छ भन्ने कुराको कुनै ग्यारेन्टि हुँदैन । लालनपालनको क्रममा तपाईंबाट हुने गल्तिहरुले तपाईंलाई कहिलेकाहिं आश्चर्य पनि लाग्न सक्छ, कतै तपाईं नै पहिलो तथा एक्लो त्यस्तो अभिभावक त होेइन, जसलाई बच्चाको लालनपालनका बारेमा रत्तिभर ज्ञान छैन ।
अपेक्षाहरु र वास्तविकता
स्वयंलाई त्यस्तो स्थितिसंग सम्बन्धित भएको पाउनु हुन्छ भने अभिभावकत्वसंग सम्बन्धित गडबडिहरुबाट बच्ने कुनै बाटो छैन भन्ने कुरा तपाईंले बुझ्नु अवाश्यक छ ।
बच्चा जन्मसंगै कुनै त्यस्तो निर्देशन पुस्तिका आउँदैन र कुनै पनि अभिभावकहरुले यस्तो मूर्खतापूर्ण गल्तिहरु गर्न सक्छन् ।
हालसालै गरिएको एउटा सर्वेक्षण अनुसार आमाबुबाले एक वर्षमा करिव २ सय २१ गल्तिहरु गर्छन् । बच्चालाई हुर्काउने क्रममा अभिभावकले विभिन्न गल्तिहरु गर्छन् । अर्को एउटा तथ्यांक अनुसार जबसम्म तपाईंको बालबालिकाहरु एउटा पूर्ण परिपक्व वयस्क हुँदैनन्, तबसम्म एउटा सामान्य आमाबुबा करिव ३ हजार ९ सय ७८ गल्ति गर्छन् ।
भविष्यमा पुनः त्यहि गल्ति गर्नु अगाडि यी तथ्यांकहरुको बारेमा एक पटक अवश्य सोच्नुहोस् ।
सर्वेक्षण
२३ देखि ३६ उमेरका अमेरिकी आमा-बुवामा अभिभावकत्वका कारकहरुलाई सर्वेक्षण गरिएको थियो, जसमा उनीहरुको ज्ञानको मुल्याकंन गरिएको थियो ।
सबैभन्दा सामान्य गल्तिहरुमा टेलिभिजन अथवा मोबाइलमा धेरै समय बिताउनु, बच्चाहरुको अगाडि अपशब्दको प्रयोग गर्नु अथवा आफुसंग उपलब्ध सामाग्रीहरु समय-समय नियमित नगर्नु समावेश थियो ।
उक्त सर्वेक्षणमा दुई वर्षको उमेर लामो र डरलाग्दो हुन्छ भन्ने पत्ता लागेको छ । अधिकांश आमाबुबाका अनुसार बच्चालाई सम्हाल्न त्यो समयमा झन् कठिन हुन्छ, जब उनीहरुको उमेर ६ देखि ७ वर्षको हुन्छ । विभिन्न मानिसहरुका अनुसार ६ देखि ७ वर्षको उमेरका बच्चाहरुका व्यवहार अति नै चिन्ताजनक हुन्छ । वास्तवमा केही आमाबुबाहरु धेरै कुराहरुको बलिदान गर्न तयार पनि थिए, जसले उनीहरुको बच्चाहरुमा राम्रो व्यवहार र दयालु बनुुन्र ।
सल्लाह लिनका लागि कहाँ जाने ?
जब गल्तिहरुलाई सुधार्ने सल्लाह लिने कुरा आउँछ, तब आमाबुबाद्वारा अपनाउने तरीकाहरुमा पनि धेरै अन्तर देख्न पाईन्छ ।
जसमा ४२ प्रतिशतले आमाबुबाले आफ्ना साथीहरुलाई यो कुरा बताउन सजिलो हुने बताए भने ४१ प्रतिशतले आफ्ना आमाबुबासंग सोध्ने गरेको बताए । ३१ प्रतिशतले भने आफ्नै उमेरका आमाबुबामा निर्भर भएको बताए । तर आश्चर्यनजक रुपमा उनीहरु सबैले समय-समयमा इन्टरनेटले नै उनीहरुलाई उपयोगी अभिभावकत्व सिकाउन सहयोगी भएको बताए ।
पहिलो पटक आमाबुुबा बन्नेहरुका लागि कठिनाई
पहिलो पटक आमाबुबा बन्ने अभिभावकहरु आफुबाट धेरै गल्तिहरु हुने गरेको कुरा स्वीकार गर्छन् । किनभने उनीहरुसंग अनुभवको कमी भएका कारण यस्ता गल्तिहरु हुन्छन् । केवल २ प्रतिशत अभिभावकहरुले नै आफुहरु बच्चालाई सम्हाल्नका लागि पूर्ण रुपमा प्रशिक्षित र तयार भएको मान्छन् भने अधिकांश अभिभावकहरु प्रशिक्षण, किताब, गाइड र तयारीहरु हँुदा-हुँदै पनि उनीहरु बच्चालाई सम्हाल्नको लागि तयार नभएको कुरा बताउँछन् ।
आमाहरुले यसका लागि आफुलाई लज्जास्पद सम्झनु आवश्यक छैन भन्ने महत्वपूर्ण कुरा पनि यो अध्ययनले प्रकाश पारेको छ । बच्चा हुर्काउने कुरामा बुबाको तुलनामा आमा स्वयंलाई धेरै दोषी र जिम्मवार ठान्छन् र उनीहरु आफलाई मानिसहरुले गलत सम्झन्छन् भन्ने सोच्छन् ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon