एक्लो जीवन मनमौजी !

२०७६ माघ १४ गते १३:०७ मा प्रकाशित
0प्रतिक्रिया
SHARES
| एक्लो जीवन मनमौजी !![]()
२०७६ माघ १४ गते १३:०७ मा प्रकाशित
प्रतिक्रिया
![]()
विगतमा प्रेम, विवाह, दाम्पत्य, सम्बन्धको प्रारुप फरक थियो । आमाबुवाले हेरिदिएका केटा वा केटीलाई जीवनभरका लागि आफ्नो बनाउनुपर्ने अवस्था थियो । विवाह त्यसबेला हुन्थ्यो, जतिबेला दुलहा र दुलहीले दाम्पत्य सुख बुझेकै हुँदैनथे ।
अहिले युवायुवतीको प्रेम र विवाहमा बुवाआमाको हस्तक्षेप हिजोजस्तो छैन । आफ्नो मर्जी अनुसार प्रेम र विवाह गर्नसक्ने छुट धेरैसँग छ । यससँगै विवाह, प्रेम र सम्बन्धका बारेमा युवाहरुको सोंच पनि फेरिएको छ । हिजो र आजको दाम्पत्य उस्तै छैन । हिजो र आजको सम्बन्ध उस्तै छैन ।
समय र परिस्थितीसँगै हरेक कुरा बद्लिन्छन् । यसले मानविय आवश्यक्ता पनि बद्ल्छ । सोंच र शैली पनि बदल्छ । युवाहरु यसमा कसरी अपवाद हुनसक्छ ?
युवाहरुको स्वभाव र व्यवहार हिजोभन्दा आज फरक हुँदै गएको छ, खासगरी प्रेम र विवाहको सन्दर्भमा । केही समयअघि एक सर्वेक्षण गरिएको थियो, जसको नतिजाले केही यस्ता रहस्य खुलाउँछ, जो परम्परगात सोंचभन्दा नितान्त फरक छ ।
सर्वेको नतिजाले भन्छ, ‘अहिलेका धेरैजसो युवाहरु सिंगल रहन चाहनछन् ।उनीहरुलाई विवाहको विश्वास छैन ।’
अविवाहित युवाहरुमाथि गरिएको सर्वेबाट के थाहा भयो भने, उनीहरु सिंगल रहन चाहन्छन् । सर्वेक्षण १८ देखि २५ बर्षसम्मका युवाहरुवीच गरिएको थियो । उनीहरुमध्ये ८६ प्रतिशतको भनाई एउटै थियो, ‘अविवाहित बस्ने ।’
किन त ?
यसमा उनीहरुको मनोविज्ञान के बुझिन्थ्यो भने विवाहपछि धेरै झन्झट हुन्छ । वैवाहिक जीवन बोझिलो हुन्छ । यसका सीमाहरु साँघुरा हुन्छन् । सर्वेमा सहभागी युवाहरुको भनाई थियो, सिंगल रहँदा जीवन सहज रुपमा गुजार्न सकिन्छ ।
साथसाथै एक्लो हुँदा सकारात्मक हुने पनि उनीहरुको बुझाई छ । स्वतन्त्र ढंगले आफ्नै मर्जी अनुसारको जीवन रोज्नेहरु विवाह नगर्ने पक्षमा भेटिए । उनीहरु विवाहपछि करियर पनि राम्ररी अगाडि नबढ्ने कुरामा अडिग देखिए ।
बद्लिदो मानसिकता
पुराना मानिसहरुको सोंचको तुलनामा अहिलेको नौजानको सोंचमा पुरै परिवर्तन देखिएको छ । उनीहरु विवाहलाई झन्झट र बाधाको रुपमा अर्थ्याउँछन् । यौन र विववाहलाई पनि उनीहरु जोडेर हेर्देनन् । यौनमा उदार युवापुस्ता यौनभोग मेट्नका लागि विवाह गर्नैपर्छ भन्ने पक्षमा छैनन् ।
विवाह नगरी बस्दा जीवन जिउन बढी सहज हुने उनीहरुको धारणा छ । एक सर्वे अनुसार ९० प्रतिशत युवा हप्तामा एक वा दुई पटक डेट जान्छन् । ७७ प्रतिशत युवाहरुको मान्यता के छ भने सिंगल रहँदाको रोमाञ्चकता विवाहित अवस्थामा अनुभव गर्न सकिदैन ।
जब दम्पती अलग हुँदैछन्
जीवनभर एकअर्काको साथमा रहने कसम खाएर बाँधिएका जोडीहरु अहिले एक्ला एक्लै जीवन विताउने निर्णयमा पुगिरहेका छन् । थुप्रै जोडी छन्, जो अलग हुँदैछन् । बाँकी जीवन एक्लो र मनमौजी ढंगले विताउने योजनामा छन् ।
श्रीमान् र श्रीमती जब एकअर्काको सहयोगी भन्दा पनि बोझिलो बन्छ, तब उनीहरु अलग हुने निर्णयमा पुग्छन् ।
रिलेशनसिप एक्ट्रा बोनस
यो कुरा स्पष्ट छ कि, वर्तमान समयमा युवाहरु अवसरको खोजीमा छन् । उनीहरु सफलताको खोजीमा छन् । उनीहरु आफ्नो करियर, काममा बढी केन्दि्रत हुन चाहन्छन्, पारिवारिक जीवनमा होइन ।
युवाहरु महत्वकांक्षी पनि छन् । वर्तमान युगमा उनीहरु आफुलाई अब्बल सावित गर्ने दौडमा लागेका छन् । यही कारण पनि विवाह गरेर पारिवारिक जीवनमा रमाउने रहर उनीहरुले त्यागेका छन् । सफलताको दौडमा लागिरहेका उनीहरु रिलेशनशिपलाई एक्ट्रा बोनस मान्ने गर्छन् ।
|

विगतमा प्रेम, विवाह, दाम्पत्य, सम्बन्धको प्रारुप फरक थियो । आमाबुवाले हेरिदिएका केटा वा केटीलाई जीवनभरका लागि आफ्नो बनाउनुपर्ने अवस्था थियो । विवाह त्यसबेला हुन्थ्यो, जतिबेला दुलहा र दुलहीले दाम्पत्य सुख बुझेकै हुँदैनथे ।
अहिले युवायुवतीको प्रेम र विवाहमा बुवाआमाको हस्तक्षेप हिजोजस्तो छैन । आफ्नो मर्जी अनुसार प्रेम र विवाह गर्नसक्ने छुट धेरैसँग छ । यससँगै विवाह, प्रेम र सम्बन्धका बारेमा युवाहरुको सोंच पनि फेरिएको छ । हिजो र आजको दाम्पत्य उस्तै छैन । हिजो र आजको सम्बन्ध उस्तै छैन ।
समय र परिस्थितीसँगै हरेक कुरा बद्लिन्छन् । यसले मानविय आवश्यक्ता पनि बद्ल्छ । सोंच र शैली पनि बदल्छ । युवाहरु यसमा कसरी अपवाद हुनसक्छ ?
युवाहरुको स्वभाव र व्यवहार हिजोभन्दा आज फरक हुँदै गएको छ, खासगरी प्रेम र विवाहको सन्दर्भमा । केही समयअघि एक सर्वेक्षण गरिएको थियो, जसको नतिजाले केही यस्ता रहस्य खुलाउँछ, जो परम्परगात सोंचभन्दा नितान्त फरक छ ।
सर्वेको नतिजाले भन्छ, ‘अहिलेका धेरैजसो युवाहरु सिंगल रहन चाहनछन् । उनीहरुलाई विवाहको विश्वास छैन ।’
अविवाहित युवाहरुमाथि गरिएको सर्वेबाट के थाहा भयो भने, उनीहरु सिंगल रहन चाहन्छन् । सर्वेक्षण १८ देखि २५ बर्षसम्मका युवाहरुवीच गरिएको थियो । उनीहरुमध्ये ८६ प्रतिशतको भनाई एउटै थियो, ‘अविवाहित बस्ने ।’
किन त ?
यसमा उनीहरुको मनोविज्ञान के बुझिन्थ्यो भने विवाहपछि धेरै झन्झट हुन्छ । वैवाहिक जीवन बोझिलो हुन्छ । यसका सीमाहरु साँघुरा हुन्छन् । सर्वेमा सहभागी युवाहरुको भनाई थियो, सिंगल रहँदा जीवन सहज रुपमा गुजार्न सकिन्छ ।
साथसाथै एक्लो हुँदा सकारात्मक हुने पनि उनीहरुको बुझाई छ । स्वतन्त्र ढंगले आफ्नै मर्जी अनुसारको जीवन रोज्नेहरु विवाह नगर्ने पक्षमा भेटिए । उनीहरु विवाहपछि करियर पनि राम्ररी अगाडि नबढ्ने कुरामा अडिग देखिए ।
बद्लिदो मानसिकता
पुराना मानिसहरुको सोंचको तुलनामा अहिलेको नौजानको सोंचमा पुरै परिवर्तन देखिएको छ । उनीहरु विवाहलाई झन्झट र बाधाको रुपमा अर्थ्याउँछन् । यौन र विववाहलाई पनि उनीहरु जोडेर हेर्देनन् । यौनमा उदार युवापुस्ता यौनभोग मेट्नका लागि विवाह गर्नैपर्छ भन्ने पक्षमा छैनन् ।
विवाह नगरी बस्दा जीवन जिउन बढी सहज हुने उनीहरुको धारणा छ । एक सर्वे अनुसार ९० प्रतिशत युवा हप्तामा एक वा दुई पटक डेट जान्छन् । ७७ प्रतिशत युवाहरुको मान्यता के छ भने सिंगल रहँदाको रोमाञ्चकता विवाहित अवस्थामा अनुभव गर्न सकिदैन ।
जब दम्पती अलग हुँदैछन्
जीवनभर एकअर्काको साथमा रहने कसम खाएर बाँधिएका जोडीहरु अहिले एक्ला एक्लै जीवन विताउने निर्णयमा पुगिरहेका छन् । थुप्रै जोडी छन्, जो अलग हुँदैछन् । बाँकी जीवन एक्लो र मनमौजी ढंगले विताउने योजनामा छन् ।
श्रीमान् र श्रीमती जब एकअर्काको सहयोगी भन्दा पनि बोझिलो बन्छ, तब उनीहरु अलग हुने निर्णयमा पुग्छन् ।
रिलेशनसिप एक्ट्रा बोनस
यो कुरा स्पष्ट छ कि, वर्तमान समयमा युवाहरु अवसरको खोजीमा छन् । उनीहरु सफलताको खोजीमा छन् । उनीहरु आफ्नो करियर, काममा बढी केन्दि्रत हुन चाहन्छन्, पारिवारिक जीवनमा होइन ।
युवाहरु महत्वकांक्षी पनि छन् । वर्तमान युगमा उनीहरु आफुलाई अब्बल सावित गर्ने दौडमा लागेका छन् । यही कारण पनि विवाह गरेर पारिवारिक जीवनमा रमाउने रहर उनीहरुले त्यागेका छन् । सफलताको दौडमा लागिरहेका उनीहरु रिलेशनशिपलाई एक्ट्रा बोनस मान्ने गर्छन् ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon