के हो तान्त्रिक यौन ?
तान्त्रिक यौन, अलि भिन्न लाग्न सक्छ यो सन्दर्भ । वास्तमा यो यौनको कुनै अनौठो गतिविधि भने होइन । यसको लक्ष्य के मात्र हो भने, तपाईंका पार्टनरलाई आध्यात्मिक एवं गहिरो तरिकाले सम्झाउन बाहेक अरु कुनै गतिविधि नहोस् ।
यसको उदेश्य चरामोत्कर्ष मात्र होइन । यद्यपी यसमा व्यक्तिगत सम्बन्धलाई बलियो बनाउनका लागि एकअर्कालाई गहिराईसम्म बुझ्नु र आनन्ददायक अन्तरंग सम्बन्ध बनाउने कुरामा जोड दिइन्छ ।
लामो समय
तान्त्रितक यौनका लागि तपाईर्ंलाई छोटो समयले पुग्दैन । यो क्षणिक प्रेमको लागि पनि होइन । ‘यस माध्यामबाट तपाईंभित्र पार्टनरप्रति अगाध श्रद्धा जाग्नुपर्छ’ भनिएको छ तान्त्रिक सेक्स मेड सिम्पलमा । यसको अर्थ के हो भने जब तपाईं आफ्नो पार्टनरसँग यौन सम्बन्ध बनाइरहनुभएको छ, तब तपाईंको मस्तिष्क अन्यत्र भड्किनु हुँदैन । तपाईंको मन-मस्तिष्कमा आफ्नो पार्टनर नै रहनुपर्छ ।
लचिलो रवैयाको जरुरत
तान्त्रिक यौनको उदेश्य पुरुषलाई शारीरिक, मानसिक र आत्मको स्तरम्म तृप्त गर्नु हो । यसलाई तपाईं तब आफ्नो सास नियन्त्रण गरेर प्राप्त गर्न सक्नुहुन्छ, जबकी आफ्ना पार्टनर पनि आफ्नो सासलाई नियन्त्रण गरिरहेका छन् । यस्तो अवस्थामा एकअर्काले अरु नजिक भएको अनुभूत गर्छन् । यौन प्रक्रियालाई केही खास विधीबाट लामो समयसम्म गर्नुपर्छ । यसको उदेश्य तपाईंमा चरमोत्कर्ष प्राप्त हुनु होइन, बरु आफ्नो पार्टनरलाई अत्यान्तै नजिक अनुभूत गर्नु हो । जसले पार्टनरको शरीरलाई अरु गहिराइमा बुझ्न सकियोस् ।
तान्त्रिक यौनको पद्धती, यौनको तौरतरिका र यौनको मानसिक विधीभन्दा पनि उच्च स्तरको हो । तान्त्रिक यौनमा कठिन यौन आसन -मुद्रा)सँग कुनै लेनदेन छैन । यस्तो आसन, जसमा दुबैले उत्तिकै आनन्द लिन सकोस् । यस किमिसको यौन प्रक्रिया लामो समय चल्नुपर्छ र यौनमा पूर्ण आनन्द प्राप्त हुनुपर्छ ।
सोंच जरुरी
तान्त्रिक यौन सम्बन्धका लागि आसन, स्थानको कुनै सम्बन्ध छैन । किनभने यो एक मानसिक कुरा हो । यौन सम्बन्धी आफ्नो पुस्तकमा मार्क र प्याटि्रशिया लेख्छन्, ‘कुनै अन्य कारण भन्दा तान्त्रिक यौनको सम्बन्ध तपाईंको दृष्टिकोणसँग सम्बन्धित छ । अतः यसका लागि केवल तपाईंको सोंचमा परिवर्तन आवश्यक छ ।’
कतिपयले तान्त्रिक यौनलाई फरक भनेर बुझ्छन् । जबकी यो नियमित यौन सम्बन्ध जस्तै हो । यद्यपी यसमा पाटर्नर एकअर्काप्रति भावनात्मक रुपले अरु बढी एकाकार र समर्पित हुनुपर्छ । उनीहरुको सम्पूर्ण ध्यान पाटर्नरमा हुनुपर्छ । तान्त्रिक यौन सम्बन्धका लागि लामो समय आवश्यक छ ।
कसरी बनाउने तान्त्रिक यौन सम्बन्ध ?
-यसका लागि एक खुला, शान्त र एकान्त कोठा आवश्यक छ ।
-कोठा अँध्यारो हुनुपर्छ र त्यसमा मैनबत्ती बालिएको हुनुपर्छ । मैन बत्तीको धिमा प्रकाश चाहिन्छ ।
-ओछ्यानस सहज र फराकिलो हुनुपर्छ । दुबै आरमदायक सिरानीको बीच एककअर्काको नजिक बस्नुपर्छ ।
-एकअर्काको आँखामा गहिरिएर हेर्नुपर्छ, जस्तो तपाईं उनलाई बताउन चाहनुहुन्छ कि तपाईं एक इमान्दार र समर्पित पार्टनर हो ।
-एकअर्काले तालमेल मिलाएर समान गतिमा सास लिनुपर्छ ।
-आफ्नो हात उनको शरीरभन्दा दुई इन्चको दुरीमा राख्नुपर्छ र उनको शरीरबाट निस्किएको उर्जा अनुभव गर्नुपर्छ । यस उर्जा दुबैले क्रमस अनुभव गर्दै जानुपर्छ ।
-दुबैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधीबाट यौन क्रियामा संलग्न हुनुपर्छ ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon