
एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको खुशी परिवारले साट्न नपाउँदै पहिलो सन्तानको गुनासो शुरु हुन्छ । पहिलो सन्तानलाई अभिभावकले भाई वा बहिनीलाई नै प्राथमिकता दिएको आभाष हुन थाल्छ ।
यो धेरै परिवारको साझा समस्या हो । त्यसैले दोस्रो सन्तान जन्मिँदा अभिभावकले मिश्रति अनुभव गर्छन् । साथै, पहिलो सन्तानले पनि धेरै कुरामा सम्झौता गर्नुपरेको महशुस गर्छ ।
१. बाँड्ने बानीको विकास
दोस्रो सन्तान हुनुपहिले पहिलो सन्तान परिवारको एकमात्र बालक हुन्छ । सबैको ध्यान उसैतर्फ हुन्छ र अभिभावकसँग भएको सबै कुरा पनि उनीहरुकै मात्र हुन्छ । त्यसैले अभिभावकले दोस्रो सन्तान हुनुपूर्व पहिलो सन्तानलाई कसरी सबै कुरा एकआपसमा बाँड्नुपर्छ भन्ने सिकाउनुपर्छ । यसो गर्नाले पहिलो सन्तानले दोस्रो सन्तानको विषयमा झगडा गर्नुको सट्टा कसरी मिलेर बस्न सकिन्छ भन्ने कुरा सिक्न सक्छ ।
२. धैर्य र करुणा
पहिलो सन्तानले दोस्रो सन्तान जन्मिनुभन्दा पहिला नै धेरै कुरा सिकिसकेको हुन्छ । उनीहरु परिवारको नयाँ सदस्य आएकोमा जब उत्साहित हुन्छन्, त्यतिबेला उनीहरुलाई कसरी माया तथा करुणा देखाउने र धैर्य राख्ने भन्ने बुझ्नु जरुरी हुन्छ । किनकी सानो बच्चालाई कसरी कुरा गर्ने र बोल्ने भन्ने कुरा पनि राम्रोसँग थाहा हुँदैन । यस्तोमा पहिलो सन्तानले नरिसाइकन कसरी सिकाउन सकिन्छ भन्ने थाहा पाउनुपर्छ ।
३. परिवारमा आफ्नो महत्व
दोस्रो सन्तान परिवारमा आएपछि पहिलो सन्तानले आफूलाई वेवास्ता गरेको महशुस गर्नु स्वाभाविक नै हो । यसबाट पार पाउन ठूलो हुँदै जानु परिवारको अभिन्न अंग बन्नु हो भन्ने सिकाउनुपर्छ । उनीहरुलाई परिवारमा आएको नयाँ सदस्यका लागि उसले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने विश्वास दिलाउनुपर्छ ।
४. बराबर मायाको आभाष
सामान्यतया पहिलो सन्तानमा आफ्नो भाइ वा बहिनीलाई आफूलाई भन्दा बढी माया गरेको जस्तो लाग्छ । अभिभावकले पछि दोस्रो सन्तानलाई बढी ध्यान दिने हुनाले पहिलो सन्तानमा यस्तो छाप पर्न गएको हो । तर, अभिभावकले उनीहरुलाई अभिभावकको माया असीमित छ भन्ने कुरा बुझाउनसक्नुपर्छ । साथै उनीहरुलाई पहिला जति नै माया अहिले पनि गर्छन् र दुवै सन्तानलाई बारबर माया गर्छन् भन्ने कुराको विश्वास दिलाउनु जरुरी हुन्छ ।
५. स्वतन्त्र बन्ने प्रयास
पहिलो सन्तानलाई आफ्ना धेरै काम आफैंले गर्न सिकाउनु पर्छ । उमेर अनुसार उसले गर्नसक्ने काम उनीहरुलाई नै लगाउनुपर्छ । यसो गर्दा उनीहरुलाई सधैं आफूलाई अभिभावकको ध्यान आवश्यक पर्दैन भन्ने कुराको आभाष हुन्छ । यस्तोमा उनीहरुलाई दोस्रो सन्तानसँग राम्रो व्यवहार गर्न पनि प्रेरणा मिल्छ ।
६. खेल्ने सही तरिका
पहिलो सन्तानले यसअघि कसैसँग पनि खेलेको हुँदैन । त्यसैले उसलाई अभिभावकले साना बच्चासँग कसरी खेल्ने भन्ने कुरा सिकाउनुपर्छ । विशेषगरी गलत तरिकाले खेल्नु हुँदैन र खेलमा स्वार्थीपना देखाउनु हुँदैन भन्ने कुरा पनि बुझाउन सक्नुपर्छ ।
७. सहयोगी भावना
साना बच्चालाई पक्कै पनि सबै कुरामा अरुको सहयोग आवश्यक हुन्छ । यदि पहिलो सन्तानलाई सहयोगी भावना राख्नुपर्छ भन्ने कुरा बुझाउन सकिएको खण्डमा दोस्रो सन्तानको आवश्यकता बुझेर उसले सहयोग गर्न सक्छ । यसले दोस्रो सन्तान हुर्काउन अभिभावकलाई सजिलो हुने मात्र होइन, पहिलो सन्तानलाई आफ्नो आत्मविश्वास पनि बढ्छ ।
८. नयाँ बच्चाको स्याहार
भर्खरै जन्मिएका बच्चाहरु कमजोर हुन्छन् । यस्तोमा पहिलो सन्तानलाई दोस्रो सन्तानलाई आफ्नो दाजुभाइजस्तै बनेर बस्न प्रेरित गर्नुपर्छ । नयाँ सन्तानलाई कसरी स्याहार गर्ने भन्ने कुरा पनि बुझाउनुपर्छ । अन्यथा पहिलो सन्तानले नयाँ सन्तानलाई क्षति पुर्याउने सम्भावना बढी हुन्छ ।
९. पारिवारिक भावना विकास
प्हिलो सन्तानलाई दोस्रो सन्तान पनि आफ्नै परिवारको सदस्य हो भन्ने बुझाउनु पर्छ । यसो गर्नाले उनीहरुले नयाँ सन्तानप्रति बढी मात्रा देखाउने र उनीहरुको ख्याल राख्ने काम गर्न सक्छन् । एकपटक पहिलो सन्तानले यो कुरा बुझ्यो भने नयाँ सन्तानको संरक्षण उनीहरुले नै गरिदिन्छन् ।
१०. मनको कुरा भन्ने बानी
यो अभिभावकले आफ्नो पहिलो सन्तानलाई बुझाउनुपर्ने सबैभन्दा महत्वपूर्ण विषय हो । दोस्रो सन्तान जन्मिँदा पनि आफ्ना अभिभावकले मेरो कुरा सुनिरहेका छन् भन्ने विश्वास पहिलो सन्तानमा हुनु जरुरी हुन्छ । यसो गर्नाले पहिलो सन्तानले आफूलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा पनि बताउँछ र उसले नयाँ सन्तानलाई पुर्याउन सक्ने नोक्सानी पनि रोक्न सकिन्छ ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon