Loshar2076

Loshar2076
#Tamang culture

मदिराको उचित मात्रा कति हो ?

मदिराको उचित मात्रा कति हो ?

लकडाउनको बेला । घरभित्रै बस्नुपर्ने । दिन कटाउनै गाह्रो । दिनभर के गर्दै बस्ने ? कतिपयका लागि बाहाना बनेको छ, मदिरा पिउने ।

हुन त अहिले मदिरा त्यती सहजै उपलब्ध छैन । त्यसैले बालबच्चालाई जंक फुडको लतबाट मुक्त गरे झै वयस्कलाई मदिराबाट छुटाउने मौका पनि हो । कतिले त मदिरा छाडे पनि होलान् । तर, सबैको हकमा त्यस्तो नहोला । खाने मुखलाई जुँगाले छेक्दैन भने झै जहाँबाट वा जसरी भएपनि मदिरा जुटाउनेहरु पनि उत्तिकै होलान् ।

घरमै बस्न पाइने भएकाले वा कामकाजका लागि बाहिर निस्कनु नपर्ने भएकाले कतिपयलाई मदिरा पिउने बाहाना मिलेको छ । मदिरा पिउनेहरु अनभिज्ञ हुँदैनन् कि, यो स्वास्थ्यका लागि हानिकारक छ । स्वास्थ्यका लागि मात्र होइन, परिवार, वालवच्चा सबैका लागि हानिकारक छ । मदिराले घरको वातावरण विथोल्छ ।

त्यसैले संभव भएसम्म त मदिरा त्यागेकै उत्तम हुन्छ । यदि मदिरा सेवन गनैपरे पनि निश्चित सर्तभित्र आफुलाई राखेर मात्र पिउने गरौं । लकडाउनमा पियक्कड नै हुने वा मदिराको लत नै लाग्ने खतराबाट बच्नका लागि पनि केही उपाय अपनाउनुपर्छ ।

मदिरा पिउने नै हो भने दैनिक कति पिउने ? यो कुरा तपाईंको स्वास्थ्यमा पनि निर्भर रहन्छ । स्वस्थ्य एवं तन्दुरुस्त व्यक्ति र रोगी व्यक्तिका लागि मदिराको मात्रा एकनास हुँदैन । स्वास्थ्यमा कुनै समस्या भएका व्यक्तिहरुका लागि थोरै मात्रामा पिइने मदिरा पनि निकै हानिकारक हुनसक्छ ।

कति पिउनु उचित ?

स्वास्थ्य विज्ञहरुको यसमा एउटै राय छ, जति मदिरा पिएपनि शरीरलाई हानी गर्छ । अर्थात उचित मात्रामा पिउँदैमा शरीरलाई हानी हुँदैन भन्ने होइन । थोरै मदिरा सेवन गर्दा पनि त्यसको नकारात्मक असर शरीरमा पर्छ । खासगरी कलेजोको लागि मदिरा अत्यान्तै घातक हुन्छ ।

तर थोरै मदिरा पिउँदा पनि स्वास्थ्यमा हानी गर्छ भनेर त्यसको मात्रा बढाउँनु अरु घातक हुन्छ । मदिराको मात्रा जति बढाउँदै लान्छौं, खतराको स्थिती पनि उत्तिनै बढेर जन्छ ।

यद्यपि पिउने नै भएपछि त्यसबाट धेरै क्षति व्यहोर्नु नपरोस् भनेर मात्रा निर्धारण गरिएको छ ।

के भन्छ वैश्विक संस्थाको निर्देशिका

सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनका अनुसार यदि कोही व्यक्ति मदिरा पिउदैन भने उसले कुनै परिस्थितीमा पनि मदिरा सेवन सुरु गर्नु उचित हुँदैन । यद्यपि अमेरिकी डाइड्री गाइडलाइन्समा बताइएके छ कि महिलाले एक दिनमा एक वा पुरुषले दिनमा दुई डिं«क लिन सक्छन् । उक्त गाइडलाइन्समा के पनि बताइएको छ भने गर्भवती वा कुनैपनि रोग लागेका व्यक्तिले भने मदिरा पिउनै हुन्न ।

अब प्रश्न उठ्छ कि एक ड्रिंकको अर्थ के हो ?

डाइरेक्ट्री गाइडलाइन्स फर अमेरिकान्सका अनुसार एक ड्रिंकको अर्थ लगभग २० एमएल शुद्ध मदिरा हो । यसको अर्थ के भने कुनैपनि व्यक्तिले एक डिं«कमा लगभग ३५० एमएल बियर, १५० एमएल वाइन र ४५ एमएल लिकर लिन सक्छन् ।

उपयोगी कुरा

–यदि मदिरा पिउने नै हो भने मदिरा पिउनुअघि भरपेट पानी वा तरल पदार्थ पिउनुहोस् । यसले गर्दा मदिराको सोझो असर कम पर्छ । पानी पिएर मदिरा सेवन गरेपछि पेट खराब हुने वा ह्यागओभर हुने समस्या रहँदैन ।

–धेरैले भन्छन् मदिरासँग स्न्याक्स सेवन गर्नुपर्छ । स्न्याक्सको रुपमा मासुजन्य परिकार, भुजिया, चिप्स आदि हुनेगर्छ । यस किसिमको स्न्यान्ससँग मदिरा पिउनु अरु हानिकारक हुन्छ । बरु सलाद वा फलफूलसँग सेवन गर्दा उचित हुन्छ ।

Previous
Next Post »