Loshar2076

Loshar2076
#Tamang culture

कही मनछुने लाइनहरु


कही मनछुने लाइनहरु


१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुखःदुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।
२. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।
३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।
४. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।
५. चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।
६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छनः धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।
७. आफ्नो त त्यो हो जसले रुन दिदैन ।
८. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।
९. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।
१०. माया र मजाक हरकोहि सँग गरिदैन ।
११. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।
१२. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन ।
Previous
Next Post »